आगामी निर्वाचनमा हामिलाई दुइतिहाइ बहुमत दिनुस् “देशलाई कसरी विश्वकै उत्कृष्ट बनाउने मलाई मात्र थाहा छ”: माधवकुमार नेपाल

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले देशलाई सबै खालका अन्यायबाट मुक्ति दिलाउन चाहेको बताएका छन्।

शुक्रबार काठमाडौंमा आयोजित उत्कृष्ट युवा किसान सम्मान कार्यक्रममा अध्यक्ष नेपालले देशलाई सबै खालका अन्याय, अत्याचार र शोषण, दमनबाट मुक्ति दिलाउन चाहेको बताएका हुन्। उनले देशलाई समृद्ध बनाउने पर्याप्त आधारहरु आफूसँग रहेको समेत बताए।

अध्यक्ष नेपालले यो देशलाई पिछडिएको अवस्थाबाट समुन्नत बनाउने पर्याप्त सम्भावना रहेको भन्दै देशमा नै नागरिकलाई खानका लागि चाहिने खाद्यान्नको आवश्यक परिपूर्ति पूरा गर्न सकिने बताए।

उनले नेपालमा रहेको अर्थतन्त्रका क्षेत्रहरुमध्ये कृषि अत्याधिक महत्वपूर्ण भएकोले कृषिलाई सबैभन्दा बढी प्राथमिकता दिएर अघि बढ्नुपर्ने बताए।

अध्यक्ष नेपालले कृषिमा लाग्दा इज्जत नघट्ने भन्दै सरकारले कृषिलाई बजारसँग जोड्न भौतिक पूर्वाधारको विकासमा जोड दिनुपर्ने बताए। उनले सरकारले गुणस्तरलाई हेरर छिटो र छरितो विज्ञान प्रविधिलाई कृषिमा जोड्नुपर्ने बताए।

अध्यक्ष नेपालले नेपालमा पर्यटन, जलविद्युत र कलकारखानाहरु खोल्न बलियो सम्भावना रहेको तर यसमा गहिरो अध्ययन अनुसन्धान आवश्यक रहेको बताए। उनले प्रविधिको प्रयोगसँगै वातावरणलाई पनि त्यत्तिकै महत्व दिन आवश्यक रहेको बताए।

अध्यक्ष नेपालले नेपालमा प्रति शेक्टर प्रतिबिघा उत्पादन गर्ने क्षमता अत्यन्त कम रहेको भन्दै थोरै ठाउँमा धेरै उत्पादन हुने गरी आधुनिक तरिकाबाट कृषि गर्नुपर्ने बताए। उनले सामूहिकता र सहकारिताका साथ कृषिमा लागे सबैलाई लाभ हुने बताए।

गरिबी न्यूनीकरणका लागि सामाजवादी व्यवस्था वैज्ञानिक नेपाल कम्युनिष्ट पार्टी (एकीकृत–समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा विद्यमान शोषण तथा गरिबी न्यूनीकरणका लागि सामाजवादी व्यवस्था वैज्ञानिक रहेको बताएका छन् ।

अखिल नेपाल किसान महासङ्घले आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले उत्पादनका स्रोत तथा साधनमा हुने सामूहिक नियन्त्रणले मुलुकमा समानता तथा न्यायोचित वितरण प्रणालीलाई समेट्ने बताए।

देश विकासका लागि कृषि क्षेत्रको योगदान महत्वपूर्ण हुने बताउँदै उनले कृषि तथा पशुपालनमा लागेका कृषकलाई लाभान्वित हुने गरी आवश्यक सहुलियतका नीति सरकारले अवलम्बन गर्नुपर्नेमा जोड दिए।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष नेपालले विश्वपरिवेशमा विकास भएका प्रविधि यस क्षेत्रमा प्रयोग गर्न कृषक चनाखो हुनुपर्ने बताउँदै उनीहरुको जीवनस्तर सुदृढ भएमा समग्र मुलुकको अर्थतन्त्र बलियो हुने भएकाले कृषि उत्पादनलाई बजारीकरण गर्न आवश्यक पूर्वाधारको विकास गर्नुपर्नेमा जोड दिए ।

विविधतायुक्त मुलुकमा उत्पादन हुने वस्तुलाई राष्ट्रिय उपभोगमा खपत गर्नसकेमा आयात प्रतिस्थापन हुन सक्ने उल्लेखगर्दै उनले त्यसले व्यापार घाटा न्यूनीकरणमा समेत सहयोग पुग्ने बताए। युवा किसान सङ्घ नेपालको नयाँ कार्य समितिका लागि सो भेला गरिएको थियो ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 36
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    36
    Shares

प्रतिक्रिया दिनुहोस !