एकीकृत समाजवादीका सदस्यहरूलाई तनाब , किन चालियो यस्तो कदम ?

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

नेकपा एकीकृत समाजवादीको काठमाडौं जिल्ला कमिटीले नेताहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने प्रस्ताव गरेको छ ।नेतृत्वको जीवन पारदर्शी होस् भन्ने पनि आम नागरिकको अपेक्षा रहेको छ ।

बहुसंख्यक नेताहरूका जीवनशैली र आम्दानीको स्रोतका बीचमा तादम्यता नमिलेका कारण वा कतिपय नेताका आम्दानीका स्रोत र सम्पत्ति पारदर्शी नभएका कारण पनि कतिपय अवस्थामा सबै उस्तै–उस्तै हुन् भन्ने आम गुनासो रहेको पाइएको छ ।

काठमाडौं जिल्ला कमिटी अध्यक्ष कुसुमकुमार कार्कीले जिल्ला कमिटीको छलफलमा प्रस्तुत गरेको कार्ययोजनामा सदस्यहरूको आम्दानी विवरण सार्वजनिक गर्ने उल्लेख छ ।

तसर्थ, पार्टीका नेताहरूको जीवन पारदर्शी बनाउन सकेमा मात्र पनि आम नागरिकको विश्वास जित्न धेरै हदसम्म सकिने अवस्था छ, प्रस्तावमा भनिएको छ, “तसर्थ, यसको सुरुवात जिल्ला कमिटी काठमाडौंबाट गर्नु नै सबैभन्दा उपयुक्त हुने देखिएकोले सुरुवातमा सम्पत्ति विवरण लिने र आगामी दिनमा जिल्ला कमिटी काठमाडौंका सदस्यहरू बस्ने घर, व्यवसाय र आम्दानी विवरणसमेत सार्वजनिक गर्ने ।”

त्यस्तै, जिल्ला कमिटीका सदस्यहरूले ३५ दिनभित्र सम्पत्ति विवरण बुझाउनुपर्ने भएको छ । प्रत्येक आव समाप्त भएको मितिले ३५ दिनभित्र जिल्ला कमिटीका सदस्यहरूले जिल्ला पार्टी कार्यालयमा सम्पत्ति बुझाउनुपर्नेछ ।

यस आवको लागि आव मसान्तभित्र सम्पत्ति विवरण बुझाउनुपर्नेछ । सम्पत्ति विवरण अनुसूचीमा व्यव्स्था भएको फारम भरी बुझाउनुपर्नेछ, कार्ययोजनामा भनिएको छ ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 44
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    44
    Shares

प्रतिक्रिया दिनुहोस !