एमसीसी पास गर्छु भनेर देउवाले नाटक मात्रै गरेको खुलासा, भित्रि दाउ अर्कै !

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

प्रधानमन्त्री एवं नेपाली काग्रेसका सभापती शेरबहादुर देउवाले तत्काल एमसीसी पास गराउँका लागी ताकेता गरेको जस्तो देखिएको छ तर उनको पनि भित्री दाउ भने अर्कै भएको खुलासा भएको छ ।

चर्चित राजनितीक विश्लेषक डा पुरञ्जन आचार्यले प्रधानमन्त्री देउवाले मुखले एमसीसी पास गर्छु भनेर लागे पनि भित्री खेल अर्कै खेलिरहेको दावी गरेका छन् । अहिलेको अवस्थामा एमसीसी पास गरेर जान देउवानै तयार नभएको दावी पनि आचार्यले गरेका छन् ।

ओटीभी नेपाल डट कम सँगको विशेष कुराकानीमा विश्लेषक अचार्यले देउवा जत्तीको चतुर राजनितीक खेलाडीलाई अहिले एमसीसी पास गरेर जाँदा त्यसले चुनावमा कस्तो असर गर्दछ भन्ने राम्रो सँग थाहा भएकोले उनलेनै यसलाई अघि नबढाउँने दाबी गरेका छन् ।

देउवालाई पनि कतै बाट दबाव भएका कारण मैले त पास गर्न खोजेकै थिँए भन्ने पार्नका लागी उनले तातो लगाए जस्तो गरेको अचार्यले बताए । चुनाव अघि एमसीसी पास त के पेस हुन सक्ने सम्म पनि अवस्थामा नरहेको तर्क उनले गरेका छन् ।

संसदीय राजनिती गर्ने नेताहरुले यो केसले चुनावमा कति असर गर्छ भन्ने बुझेको उनको विश्लेषण छ । चुनाव अघि अहिलेको सत्ता समिकरण पनि परिवर्तन नहुने आचार्यको मत छ ।

यहि सत्ता समिकरण चुनाव सम्मै जाने तर चुनावमा भने काग्रेसले अरु कुनै पनि पार्टी सँग गठबन्धन नगर्ने आचार्यले बताए । काग्रेस कुनै पनि दल सँग गठबन्धन गर्ने मुडमा नभएको भन्दै उनले काग्रेसको भरले चुनाव जितिन्छ भनेर बसेको भए प्रचण्ड र माधव नेपालको मुर्खता मात्रै हुने बताएका छन् ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 216
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    216
    Shares

प्रतिक्रिया दिनुहोस !