माओवादी केन्द्र एमसीसी पास गर्नु भन्दा गठबन्धन छोड्न तयार !

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी पास गराउँन बारम्बार ताकेता गरे पछि यो बिषय फेरी पेचिालो भएको छ र यसले सत्तागठबन्धनमानै हलचल ल्याइदिएको छ ।

सत्तासाझेदार प्रमुख दल नेकपा माओवादी केन्द्र कि गठबन्धन कि एमसीसी मध्ये एक रोज्नु पर्ने अवस्थामा पुगेको चर्चा चलिरहँदा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले बरु गठबन्धन छोड्न तयार रहेको तर एमसीसी पास गराउँन माओवादी केन्द्र कुनै हालतमा तयार नभएको प्रष्ट पारेका छन् ।

मिडिया सँगको विशेष कुराकानीमा प्रमुख सचेतक गुरुङले एमसीसी र गठबन्धनको तुलनानै हुन नसक्ने ठोकुवा गरेका छन् । गठबन्धन अस्थायी चिज भएको भन्दै उनले विचार मिलुन्जेल गठबन्धन गर्ने हो विचार मिल्न छोडे पछि जो सँग विचार मिल्छ उहि सँग गठबन्धन हुन्छ , एमसीसी जस्तो रणनितीक विषयमा गठबन्धन बचाउँनैका लागी कुनै सम्झौता हुँदैन। उनले भनेका छन् ।

विचारका आधारमा मात्रै गठबन्धन हुने भन्दै गुरुङले विचारनै एक नभए गठबन्धन भनेर ढुकिरहनु पर्ने कुनै आवश्यकता नभएको बताए । एमसीसी पास गराउँनैका लागी एमाले र काग्रेसको गठबन्धन बन्ने चर्चा छनी ?भन्ने प्रश्नमा उनले विचार मिल्नेहरुको गठबन्धन बन्न सक्छ तर माओवादी केन्द्रले कुनै पनि हालतमा यथाअवस्थामा एमसीसी पास हुन दिँदैन ।सरकारले अघि बढाउँन खोज्छ भने हामी त्यसको प्रतिवाद गर्दछौँ ।उनले भनेका छन् ।

गुुरुङले एमसीसी सैन्य रणनितीनै भएको ठोकुवा गर्दै नेपाललाई अफगानस्थान बनाउँने खेलमा माओवादी केन्द्रले कडा प्रतिवाद गर्ने खुलासा गरेका छन् । आर्थिक परियोजनाको आवरणमा सैन्य रणनिती ल्याउँन खोजिएको गुरुङको दावी छ ।

ओटीभी नेपाल डक कम सँगको विशेष कुराकानीका क्रममा प्रमुख सचेतक गुरुङले राँ बराबर पनि देशको माया हुने कसैले पनि एमसीसी बोकेर हिड्न नसक्ने बताए । विदेशी साम्राज्यवादीका दलालहरुले मात्रै एमसीसी बोकेर हिड्ने उनको आरोप छ ।

एमसीसी विरुद्ध निकै आक्रोसित रुपमा प्रस्तुत भएका गुरुङले एमसीसीको आवरणमा नेपाल छिरेर अमेरिकाले नेपालको सार्वभौमसत्ता माथी नै प्रहार गर्न खोजेको बताए । एमसीसीको कुनै पनि बुँदामा संसद बाट पास गर्नु पर्छ भनेर नलेखेको तर किन अहिले पास गर्न खोजिँदैछ भनेर उनले प्रश्न पनि गरे ।

गुरुङलेै एमसीसी संसद बाट पास गर्ने कुनै पनि प्रावधान संविधानमै नभएको पनि ठोकुवा गरेका छन् । जे जे कुराहरु संसदवाट पास गर्नु पर्छ भनेर संविधानमा व्यवस्था गरिएको छ , त्यो कुनै पनी कुरा यसमा मेल खाँदैन अनि कसरी सदनमा टेबल गर्न मिल्छ ? यो पास हुने त परेको कुरा संसदमा टेबुल पनी हुँदैन उनले भनेका छन् ।

अमेरिकाले नेपाली भूमी कब्जा गरेर सम्पुर्ण आफ्नो संरचना बनाउँने टा«समिसन लाइनको जुन रुट बनाउँन खोजको छ , त्यहि रुट बाट अप्टीकल फाइबर बनाएर स्याटालाइका माध्यमबाट चिन र भारतको अकाशको पनि सुचना संकलन गर्ने षड्यन्त्र अमेरिकाले गरेको उनले दावी गरे ।

मिडिया सँगकै कुराकानीमा गुरुङले अमेरिकाले भोली क्षेप्यात्र युद्धका लागी चिनको आकाश नेपाल बाटै निसाना बनाउँनको लागी संरचना बनाउँनको लागी एमसीसी मार्फत छिर्न खोजको ठोकुवा गरे । उनले एमसीसी पास गराउँनु भनेको नेपाललाई अफगानस्थान बनाउँनु भएको पनि जिकिर गरेका छन् ।

प्रधानमन्त्रीले एमसीसी पास गर्न खोजिरहनु भएको छ एमसीसी पास हुने अवस्थामा तपाईहरु सरकार र गठबन्धन बाट बाहिरिनु हुन्छ त? भन्ने प्रश्नमा गुरुङले भने राष्ट्रिय स्वाधिनता सँग जोडिएको एमसीसी र सरकारको तुलना नै हुन नसक्ने बताए । सरकार भनेको त ६ महिना १ बर्षमा फेरिरहँन्छ गठबन्धन त झन अस्थायी कुरो हो अनी गठबन्धन र एमसीसीको कुरा जोड्न मिल्छ ?

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 10.7K
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    10.7K
    Shares

प्रतिक्रिया दिनुहोस !