म ज्ञानेन्द्रको कमारो होर ?भन्दै खनिए कमल थापा, राजसंस्थाको एजेण्डा छोडेर देशव्यापी अभियान चलाउँने घोषणा

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

राप्रपाको महाधिवेशनमा राजेन्द्र लिङ्देन सँग नमिठो पराजय खाएर मुर्छित भएर बसेका कमल थापाले पूर्वराजा ज्ञानेद्र शाह माथी कठोर टिप्पणी गरेका छन् ।

राप्रपाका पूर्व अध्यक्ष थापाले आफु पूर्वराजा ज्ञानेन्द्रको कमारो र दास नभएको भन्दै उनले जे जसो भन्छन् त्यसलाई हस भनेर जान नसक्ने प्रष्ट पारेका छन् ।

आफुलाई निर्मल निवासको नांंगो हस्तक्षेप गरेर अध्यक्षमा पराजित गराईएको दाबी गर्दै आएका थापाले पूर्व राजा माथी झन कडा प्रहार गर्न थालेको छन् ।

एक टेलिभिजन अन्तर्वाताका क्रममा के म पूर्वराजाको कमारो र दास होर ? भन्दै उनी खनिएका छन् । पूर्वराजाले चाहे अनुसार कमल थापा नचल्ने निष्कर्ष निकालिएर नै आफुलाई षड्यन्त्र गरेर हराईएको दावी पनी उनले गरेका छन् ।

अब राजसंस्थाको एजेण्डा बोकेर हिड्ने की नहिड्ने भनेर गम्भिर अवस्थामा आफु पुगेको उनले बताएका छन् । जसका लागी मैलै जीवनको कुर्वानी गरेको छु आज उनैलाई मेरो विश्वास छैन भने म किन उनको एजेण्डा बोकेर हिँडु ? उनले प्रश्न गरेका छन् ।

थापाले अब आफुले राजसंस्थाको एजेण्डा छोड्ने संकेत पनि दिएका छन् । छिट्टैनै आफ्नो एजेण्डा लिएर देशव्यापी अभियान चलाउँने घोषणा उनले गरेका छन् ।

राप्रपाको महाधिवेशनमा निर्मल निवास बाट भएको नांगो हस्तक्षेपको प्रमाण आफु सँग सुरक्षित भएको दावी पनि थापाले गरेका छन् । पार्टीमा यस विषयमा छानविन गर्नका लागी आफुले लिखित रुपमा माग गरेको भन्दै थापाले आवश्यक परेका बेलामा प्रमाण पेश गर्न तयार रहेको पनि बताएका छन् ।

रेकर्ड सहितको प्रमाण आफु सँग भएको दावी उनले गरेका छन् । निर्मल निवासले गरेको हस्तक्षेपका बारेमा राप्रपाले छानवीन गरेर भत्सना नगर्ने हो भने आफु सो पार्टी बाट अलग हुने घोषणा पनि थापाले गरेका छन् ।

यो बिषयमा छानविन नभए सम्म पार्टी कार्यालय पनि नजाने पनि थापाले बताएका छन् । छानविन नभएमा आफुले राजसंस्थाको एजेण्डानै परित्याग गर्ने उनले बताएका छन् ।

कतिपय मान्छेहरुले कमल थापाले राजा माथी अली कडा ढंगले प्रहार गर्यो भन्छन्, मलाई मेरो राजनितीनै सिध्याउँने गरि पछाडी बाट छु रा रोपिएको छ अनी मैले ऐया पनि भन्न नपाउँनु? थापाले प्रश्न गरेका छन् ।

कार्तिक महिनामा मात्रै पुर्वराजा ज्ञानेन्द्रले बोलाएर चाँदीको थालमा खाना खुवाएको पनि उनले खुलासा गरेका छन् । कार्तिकमा बोलाएर चाँदीको थालमा खाना खुवाउँने एक महिना नवित्दै यत्रो षड्यन्त्र ? भन्दै थापा खनिएका छन् ।

राप्रपालाई ज्ञानेन्द्रले भजनमण्डली बनाउँन खोजेको भन्दै राजेन्द्र लिङ्देन लाई हति यार मात्रै बनाएको जिकिर उनले गरेका छन् । आफुले लिङ्देन सँग होइन निर्मल निवास सँग प्रतिष्पर्धा गरेर पराजित भएको थापाले भनेका छन् ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 368
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    368
    Shares

प्रतिक्रिया दिनुहोस !