संसद भवनमा बैठक चलेका बेला शशांक कोइरालाले गुट्खा खाएको भिडियो बन्यो भाइरल (भिडियोसहित)

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

संसद भवनमा बैठक चलेका बेला नेपाली काँग्रेसका वर्तमान केन्द्रिय सदस्य तथा निवर्तमान महामन्त्री शशांक कोइरालाको गुट्खा सेवन गरिरहको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

उनले संसद भवनभित्रको नियम तोडेर तलतल लागेपछि उनले गुट्खा सेवन गर्न बाध्य भएका हुन् । सार्वजनिक स्थानमा धुम्रपान र खैनी, सुर्ती सेवन गर्न कानूनले रोक लगाएको छ ।

तर नेपाली कांग्रेसका निवर्तमान महामन्त्री डा. शशांक कोइरालाले संसद् बैठकमै सुर्तीजन्य पदार्थ सेवन गरेका छन् । प्रतिनिधि सभा बैठकमा एमाले सांसदहरूले नाराबाजी गरिरहेको समयमा कोइरालाले पराग खाएको प्रस्ट देखिन्छ ।

संघीय संसद् सचिवालयको वेबसाइट र युट्युबमा रहेको प्रतिनिधि सभाको बुधवारको बैठकको भिडियोको ३६ मिनेट २० सेकेन्डमा शशांकले मास्क खोलेर गुट्खा खाएको देखिन्छ ।

सांसदहरू नाराबाजीमा रहेको समयमा उनले मास्क खोलेर दुवै हातले गुट्का मुखमा राखेको देखिन्छ । यस्तो छ भिडियो:

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 196
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    196
    Shares

प्रतिक्रिया दिनुहोस !