काँग्रेशको यस्तो घोषणाले हल्लीयो गठबन्धन , प्रचण्ड-नेपाललाई तनाब !

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

गठबन्धन राष्ट्रियसभा चुनावमा सम्म मात्र हुने भएको छ । नेपालि काँग्रेशका सहमहामन्त्री बद्री पाण्डेले राष्ट्रियसभा चुनावमा गठबन्धन गर्ने वाध्यतारहेको तर आमचुनाव एक्लै लड्ने बताएका छन् ।

सहमहामन्त्रीमा विजयी भएका बद्री पाण्डे भने काँग्रेसमा अब गुट नरहेको बताउँछन् । सरकार र पार्टी दुवैलाई तिब्रता दिन आवश्यक रहेको उनको बुझाइ छ ।

एमसीसीभन्दा सत्ता गठबन्धन प्राथमिकतामा पर्नुपर्छ भन्ने विचार समेत ब्यक्त गर्दै उनले भने” हाम्रो प्रधानमन्त्री तथा पार्टी सभापतिले पनि त्यही सोच्नु भएको होला जस्तो लाग्छ मलाई”

उनले भने” त्यो बाध्यता हो । प्रतिनिधिसभामा हामीसँग बहुमत छैन त्यसको लागि साथ चाहियो । अब राष्ट्रियसभाको चुनावमा हामी सहकार्य गर्छौं । त्यो पनि हाम्रो बाध्यता हो ।

किनभने, प्रदेशसभा र पालिकाहरूका भोटरहरू पार्टीका छन् । उनीहरूलाई हामी बदल्न सक्दैनौँ । संसदमा हुने गठवन्धन, राष्ट्रियसभा जस्तो निर्वाचनमा हुने गठबन्धन र जनतामा हुने गठबन्धनलाई हामीले तुलना गर्नुहुँदैन ”।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 19
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    19
    Shares

प्रतिक्रिया दिनुहोस !