एमालेका प्रभाबशालि नेताले गरे नेकपा ए.स. प्रबेश, एमालेमा रहेका साथिहरुलाई समेत ए.स.मा आउन अनुरोध !

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

नेकपा एमाले बाँकेका उपसचिव प्रमोद धिताल नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन्। बिहीबार कोलहपुरमा आयोजित एक कार्यक्रममा समाजवादीका अध्यक्ष माधवकुमार नेपालले उनलाई पार्टी प्रवेश गराएका हुन्।

विगत लामो समयदेखि कम्युनिस्ट आन्दोलनमा लागेका धिताल दशबुँदे सहमतिपछि एमाले बाँकेको उपसचिव बनेका थिए। तत्कालीन एमालेमा उनी माधव नेपाल समूहमा थिए।

धितालले एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई विधि र विधान विपरीत चलाउन खोजेको तथा दक्षिणपन्थी अवसरवादको भासमा डुबाउँदै लगेकाले आफू कम्युनिस्ट आन्दोलनका प्रमुख व्यक्ति नेपालले नेतृत्व गरेको पार्टी समाजवादीमा लागेको बताए।

समाजको अग्रगतिका निम्ति एमालेका अन्य नेता–कार्यकर्तालाई त्यहाँबाट विद्रोह गरी समाजवादीमा आउन आह्वान गरेका छन्। ‘एमालेमा रहेका बाँकी साथीहरुलाई पनि क्रान्तिकारी पार्टी समाजवादीमा आउन अनुरोध गर्दछु’, समाजवादीमा प्रवेश गरेपछि जारी गरेको विज्ञप्तिमा धितालले भनेका छन्।

उता स्थानीय तह निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट पर्साको जगन्नाथपुर गाउँपालिका अध्यक्षमा विजयी जालिम मियाँ एमालेमा प्रवेश गर्दैछन्।

मियाँलाई स्वागत गर्न अध्यक्ष ओलीसहित उपाध्यक्ष विष्णु पौडेल पनि पर्सा पुगेका छन्। माओवादी छाडेर २०७४ को निर्वाचनमा सांसद पदमा पराजित मुसलिन मियाँ अन्सारीसहित पनि एमालेमा आउँदैछन्।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 58
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    58
    Shares

प्रतिक्रिया दिनुहोस !