एमाले अध्यक्ष केपी ओलीलाई १५१ किलोको माला

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

वीरगञ्ज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पर्सामा एक सय ५१ किलोको माला लगाइएको छ ।

नेकपा एमालेको जिल्ला समिति पर्साले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा पार्टी कार्यकर्ताहरुले उनलाई १ सय ५१ किलोको माला लगाइदिएका हुन् ।

सम्भवतः यो अहिलेसम्म कै ठुलो माला हो । यो भव्य स्वागत एउटा रेकर्ड पनि बनेको छ । यस्तो सम्मान र सत्कार अन्य नेताहरुले पाएका भने छैनन् ।

जगरनाथपुर गाउँपालिकामा राखिएको पार्टी प्रवेश कार्यक्रमका लागि ओली पर्सा गएका थिए । उनले विभिन्न पार्टी छाडेर एमाले प्रवेश गर्नेहरुलाई स्वागत गर्नेछन् ।

माओवादी राष्ट्रिय सम्मेलनमा माधब र देउवालाई नै नबोलाउने ! नेकपा माओवादी केन्द्र प्रथम राष्ट्रिय सम्मेलनमा अन्य राजनीतिक दल तथा विदेशी प्रतिनिधिलाई भने निम्तो नदिने भएको छ ।

सम्मेलनमा एक हजार ५ सय ३३ जना प्रतिनिधि सहभागी हुने माओवादी केन्द्रले जनाएको छ।

माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराका अनुसार ‘नयाँ क्रान्तिकारी विचार र क्रान्तिकारी पार्टी निर्माणका लागि ऐतिहासिक प्रथम राष्ट्रिय सम्मेलन’ नाराका साथ सम्मेलन हुनेछ ।

सम्मेलनमा प्रदेश कमिटीबाट ८ सय ३ जना प्रतिनिधि सहभागी माओवादी केन्द्रले जनाएको छ । सो पार्टीका अनुसार आयोजक समितिबाट १ सय ७९ जना, विभिन्न आयोगबाट १ सय ७५, सल्लाहकारहरु, जेष्ठ कम्युनिष्ट मञ्चबाट १ सय २५, केन्द्रीय प्रतिनिधिका रुपमा २७ र बाँकी पाँच प्रतिशत मनोनित गरी एक हजार ५ सय ३३ जना प्रतिनिधिहरु सहभागी हुनेछन् ।

सम्मेलनको उद्घाटनसत्रमा अन्य राजनीतिक दल तथा विदेशी प्रतिनिधिलाई भने निम्तो नदिने माओवादी केन्द्रले जनाएको छ।

प्रवक्ता महराका अनुसार प्रदेश, वडा र पालिका सम्मेलन सकिएको छ, प्रदेश सम्मेलन सकिएर नेतृत्व चयन हुन बाँकी प्रदेशमा पनि सम्मेलन अगाडि नै नेतृत्व चयन भइसक्नेछ ।

सम्मेलनमा अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन्। हाल भक्तपुर, ललितपुर र काठमाडौंमा गेट बनाउने, आकाशे पुलमा ब्यानर राख्नेलगायतका काम भइरहेका छन्।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 283
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    283
    Shares

प्रतिक्रिया दिनुहोस !