नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) सरकारी निवासमा झु’ण्डिएको अवस्थामा फेला !

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौं । नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) सुशीलकुमार यादव सरकारी निवासमा शुक्रबार झु’ण्डिएको अवस्थामा फेला पर्नुभएको छ ।

शुक्रबार बिहान ११ बजे अन्य प्रहरी कर्मचारी खाजा खान गएको बेला यादव झु’ण्डिएको अवस्थामा फेला परेको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जनकारी दिनुभयो ।

सङ्घीय प्रहरी एकाइ कार्यालय भैरहवामा कार्यरत यादवलाई केही दिनअघि मात्रै कारवाही गरेको बताइएको छ ।

अर्कोतिर प्रहरीको संघीय इकाइ कार्यालय, भैरहवामा कार्यरत वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) यादवको झु’ण्डिएको अवस्थामा श’व भेटिएको खबरपछि कार्यालय प्रवेशमा रोक लगाएको छ ।

यादवको मृ-त्युको खबर सार्वजनिक भएसँगै त्यसक्षेत्रको सुरक्षा व्यवस्था कडा बनाउँदै कार्यालय प्रवेशमा रोक लगाइएको हो । अन्य दिन सामान्य सोधपुछपछि भित्र जान दिने गरेकोमा घ’टना सार्वजनिक भएसँगै मुख्य द्वार बन्द गरिएको छ ।

कार्यालय अगाडि अहिले सर्वसाधारण र सञ्चारकर्मीहरूको बाक्लो उपस्थिति छ । यादव आफ्नै क्वाटरमा झु’ण्डिएको अवस्थामा भेटिएपछि कार्यालयमाथि प्रश्न उठेको छ ।

यादव झु’ण्डिएको सूचना पाउनेवित्तिकै जिल्ला प्रहरी कार्यालय रुपदेहीको प्रहरी नायब उपरीक्षकको प्रहरी टोली त्यसतर्फ गएर अनुसन्धान सुरु गरेको छ । घ’टनाको विस्तृत अनुसन्धान भैरहेको तिवारीले बताउनुभयो । उहाँको मृ-त्युको कारण भने खुल्न सकेको छैन ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 7
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    7
    Shares

प्रतिक्रिया दिनुहोस !