जसपा सिद्धिने संकेत, अभिषेकपछि गुप्ता हजारौ कार्यकर्ताका साथ् एमालेमा प्रवेश !

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

कपिलवस्तु –  जनता समाजवादी पार्टी (जसपा)का नेता मंगलप्रसाद गुप्ता नेकपा एमाले प्रवेश गरेका छन् । कपिलवस्तुको बहदुरगञ्जमा मंगलबार आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले गुप्तालाई पार्टी प्रवेश गराएका हुन् ।

जिल्लाको बहादुरगञ्जमा आयोजित सभामा सहभागी हुन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कपिलवस्तु पुग्नु भएको हो l दिउँसो १२ बजेदेखि बहादुरगञ्जमा शुरु हुने सभामा जनता समाजवादी पार्टी (जसपा)का केन्द्रीय सदस्य मंगलप्रसाद गुप्तासहित अन्य पार्टीका नेता–कार्यकर्तालाई ओलीले पार्टी प्रवेश गराउने एमाले कपिलवस्तुका अध्यक्ष झविलाल पोखरेलले बताउनु भएको छ ।

यस भन्दा अगाडी अभिशेख प्रताप साहलाइ जसपा ले मेयरको टिकट नदिए पछि चुनाब कै समय मै साह नेपाली कांग्रेसमा प्रवेश गरेका थिए। साहको यति क्रेज कपिलबस्तु मा छ कि साह चुनाब एक्कलै जितेका थिए।

त्यति बेला देखि जसपा कपिलबस्तुमा कम्जोर रहेको छ । आज को पार्टी प्रवेशमा खास गरेर जसपा कै हजारौ कार्यकर्ता एमालेमा प्रवेश गरेको एमाले कपिलवस्तुका अध्यक्ष पोखरेलले बताउनु भएको छ l

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 31
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    31
    Shares

प्रतिक्रिया दिनुहोस !