अरब होइन खरब पैसा म उठाइदिन्छु, एमसीसी फिर्ता गर्नै पर्छ :राजेन्द्र लिङ्देन

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले मिलिनियम च्यालेन्ज कर्पोरेसन्स एमसीसी परियोजना कुनै पनि हालतमा नेपालको संसद बाट पारित गर्न नहुने अडान राखेका छन् ।

अध्यक्ष लिङ्देनले एमसीसीको विषयमा नेपालमा निकैनै विवादीत र गिजोलिएका कारण अब यसलाई अघि बढाउँन नहुने अभिव्यक्ति दिएका छन् । सरु देखीनै नेपाल सरकारले यसमा जनताको विश्वास लिन नसकेको भन्दै उनले जम्मा ५५ अर्बका लागी नेपालीलाई विभाजीत गरेर एमसीसी नचाहिने बताएका छन् ।

एक टेलिभिजन अन्तर्वातामा अध्यक्ष लिङ्देनले नेपाली जनतालाई आपसमा भिडाएर ,लडाएर जम्मा जम्मी ५५ अर्ब रुपैँयाका लागी रहस्यमय एमसीसी नेपालमा लागु गर्नु पर्छ भन्ने पक्षमा राप्रपा नरहेको प्रष्ट पारेका छन् । पैसा ठूलो कुरो होइन नेपालीलाई चाहिँदैन भन्दा भन्दै अमेरिकाले किन यती जबर्जस्ती गरिरहको छ ? उनले प्रश्न गरेका छन् ।

नेपालीले चाहिँदैन भनेका छन् उसले लिनु कि लिनु भनिरहेको छ अनुदान पनि लिनु कि लिनु भनेर दिने कुरा होर ? यहिँ छनी रहस्य । उनले भनेका छन् । एमसीसी यति धेरै विवादित भैसके पछि खुरुक्क यसलाई फिर्ता पठाउँनु पर्ने तर्क उनले गरेका छन् ।

५५ अर्ब पैसाका लागी हो भने त्यत्ती पैसा ठूलो कुरा नभएको भन्दै उनले त्यत्ती पैसा निकाल्न सकिने ठाउँ आफुले बताइदिने भनेका छन् ।

उच्च पदस्थ नेता र कर्मचारीको सम्पत्ती छानबिन गर्ने हो भने अरबमा होइन खरबमा पैसा उठाउँन सकिन धारणा उनले राखेका छन् ।

केहि समय अघि मात्रै कमल थापालाई हराउँदै राप्रपाको अध्यक्षमा निर्वाचित भएका लिंदेनको यस्तो घोषणा गरि पछि एमसीसी विरोधी अभियान्ताहरुमा खुशियाली छाएको छ । यस अघी राप्रपाका अध्यक्ष रहेका कमल थापा एमसीसीको कट्टर समर्थक रहेका थिए ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 1.7K
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    1.7K
    Shares

प्रतिक्रिया दिनुहोस !