गगन थापाले ठोकुवानै गरेर किन भने, अर्को चुनाव पनि काग्रेसले जित्दैन !

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

लोकप्रिय मत सहित नेपाली काग्रेसको १४ औँ महाधिवेशनमा महामन्त्री पदमा निर्वाचित भएका गगन कुमार थापाले आगामी निर्वाचनमा पनि काग्रेसलाई चुनाव जित्न गारो रहेको बताएका छन् ।

काग्रेस महामन्त्री थापाले अबको एक बर्ष पछि हुने निर्वाचनमा कम्युनिष्टहरु एक नभएको अवस्थामा मात्रै काग्रेसले चुनाव जित्ने भन्दै फेरी पनि चुनावमा कम्युनिष्टहरु एक भएर होमिदैनन् भन्ने कुनै ग्योरण्टी नभएको बताएका छन् ।

काग्रेसको १४ महाधिवेशनमा शेखर कोइराला प्यानललाई मतदान गर्ने प्रतिनिधीहरुलाई धन्यवाद दिन काठमाडौँमा उक्त प्यानलले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै थापाले फेरी कम्युनिष्ट मिल्दैनन् भनेर कसले जिम्मा लिन सक्छ रु भन्दै प्रश्न गरेका छन् । पहिले पनि सहकार्य हुँदा हुँदै माओवादी छोडेर गएको होइन रु फेरी पनि त्यो हुँदैन भन्ने आधार के छ भनेर उनले प्रश्न गरेका छन् ।

कम्युनिष्टहरु मिलेनन् भने मात्रै काग्रेसलले चुनाव जित्न सक्ने अन्यथा नसक्ने भन्दै काग्रेस महामन्त्री थापाले अहिलेको भोटमा कम्तीमा १० लाख भोट थप्नका लागी काग्रेसले मेहनत गर्नु पर्ने बताएका छन् । अब सभापती शेरबहादुर देउवा सँग काग्रेस बलियो बनाउँनका लागी सहकार्य र संघर्ष दुवै गरिने उनले बताएका छन् ।

महामन्त्री थापाले अन्तिम अवस्थामा देउवा तिर ढल्कीएर सभापती जिताउँन सहयोग गरेका नेताहरु प्रकाशमान सिंह र विमलेन्द्र निधीलाई भने मुखभरिको जवाफ दिएका छन् । निधी र सिंह अहिले उम्किए पनि उनीहरुलाई बारम्बार इतिहासले प्रश्न गरिरहने बताएका छन् ।

बेलुकाको घाम अस्ताउँदा नेतृत्व परिवर्तन गर्नै पर्छ अरु उपाय छैन पुरानो नेतृत्व बाट पार्टी चल्दैन भन्नेहरु विहान घाम उदाउँदा त्यहि नेतृत्व नभइ पार्टी चल्दैन भन्ने निष्कर्षमा कसरी पुगे यसको हिसाबकिताब हुने उनले बताएका छन् ।

सिंह र निधी त्यत्ति सजिलै उम्कन नपाउँने भन्दै थापाले इतिहासका यी प्रश्नहरुले उनीहरुलाई दबेटिरहने बताएका छन् । मध्यरातसम्म अहिलेकै नेतृत्व सभापतिमा दोहोरिँदा कांग्रेस प्रजा परिषद् जस्तो हुन्छ।

कांग्रेस पार्टी डुब्छ। देश डुब्छ भन्नेहरुले एकाबिहानै नेतृत्व यहीँ नेतृत्व दोहोरिएन भने वर्वाद हुन्छ, यही नेतृत्वलाई जिताउनुपर्छ भन्दै भोट माग्ने अवस्था किन आयोरु छ घण्टामा केले बदल्योरु यो प्रश्नले जसलाई पनि लखेट्छ,’ यो प्रश्नबाट कोही भाग्न नसक्ने भन्दै उनले इतिहासले यसको उत्तर मागिरहने बताए।

उनीहरुले आफूहरुको बीचमा छलफल भएर एउटा साझा धारणासमेत बनेको बताए। ‘यदि शेखर कोइरालाको मत कम आएको थियो र अरू कोही दोस्रो भएको थियो भने कोइराला उभिनुपर्थ्यो। हामी उभ्याएरै छाड्थ्यौं,’ उनले अगाडि भने।नेता थापाले अब शेरबहादुर देउवा आफूहरू सबैको सभापति भएको भन्दै गुटको दलदलबाट बाहिर निस्कनुपर्ने बताए।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 745
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    745
    Shares

प्रतिक्रिया दिनुहोस !