बुढेसकालमा मोहनविक्रमको ढोंगी चरित्र यसरी भयो उदांगो, सुर्य थापाले प्रमाणनै पेस गरे !

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

नेपालका धेरै कम्युनिष्ट नेताहरुका गुरु नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहको ढोंगी चरित्र बुढेसकालमा उदांगो भएको छ । सर्वहारा वर्गको मुक्तिका लागी भन्दै कम्युनिष्ट भनेर हिँडे पनि मोहन विक्रम सिंहले प्युठानमा एरियाकै भव्य महल बनाएर बसिरहेको पाइएको छ ।

सिंहले आफ्नो पुर्खाैली थलो ओखरकोटमा आधुनिक ढलान गरिएको एट्याच वाथरूमसहितको निजी निवास बनाएको खुलासा भएको छ। अहिले पनि धेरै जनता सानो झुपडीमा बसेका छन् तर त्यहि कम्युनिष्ट नेताका पनि नेताले सम्भवत सो क्षेत्रकै पहिलो सुुविधा सम्पन्न भव्य घर बनाएका छन् ।

त्यत्ति मात्रै कम्युनिष्टले धर्म होइन कर्म गर्नुपर्छ भन्छन् तर सिंह भने कूलपुजा गरेर बसिरहेको पनि पाइएको छ । नेकपा एमाले प्यूठान जिल्ला इन्चार्जको जिम्मेवारी लिएर अहिले त्यहाँ पुगेका नेकपा एमालेका पोलिटव्युरो सदस्य सुर्य थापाले सामाजिक संजालमा स्टाटस लेख्दै सिंहको ढोंगी चरित्रबारे चित्रण गरेका छन् ।

थापाले मसाल महामन्त्री सिंह कूलपुजामा व्यस्त भएको तस्बिर समेत सार्वजनिक गरेका छन् । नेकपा एमालेका पोलिटव्युरो सदस्य एवं प्यूठान जिल्ला इन्चार्ज सुर्य थापाले आफ्नो समाजिक संजालमा यस्तो लेखेका छन् ।

अब ओखरकोटबासी हुनुभएकोमा मोहनविक्रम सिंह कमरेडलाई बधाई छ। दोस्रो बिहेपछि उहाँले नागरिकता बनाउनुभयो, लिला राउतले नागिकता टोली प्रमुखका हैसियतमा नागरिकता दिनुभयो।

दुई भाइ छोरा भइसकेपछि भाकल(बोका) डो-याउँदै कुलघर आएर सपरिवार कूलपूजा(देवाली)मा सहभागी हुनुभएको त तस्बिर स्वयं बोल्छ। उहिले ‘मुक्तिमोर्चाुमा प्रदिप नेपाल र मलाई दिनुभएको एक अन्तर्वार्तामा आफ्नो पुर्ख्यौली थातथलो ओखरकोटमा जग्गा लिएर घर बनाउने र त्यहींबाट वरिपरिको प्राकृतिक सौन्दर्यको आनन्द लिने इच्छा रहेको बताउनुभएको थियो।

अहिले प्यूठान आउँदा र मच्छी पुग्दा थाहा भयो- उहाँले आफ्ना पिताजी खिमविक्रमको पुरानो थातथलो ओखरकोटमा जग्गा लिएर घर बनाउने धोको पूरा गर्नुभएछ।

फरक कति हो भने ओखरकोटबाट बाङ्गेमरोट कौछेमा पुगेर खिमविक्रमले विसं २००० सालमा भक्तपुर र पाल्पाबाट सिकर्मी ल्याई पक्की इट्टाको ‘५५ झ्याले दरबारु बनाउनुभएको थियो। मोहनविक्रम कमरेडले सायद ओखरकोटमा पहिलो आधुनिक ढलान गरिएको एट्याच वाथरूमसहितको निजी निवास बनाउनु भएको रहेछ। यो खुशीको कुरा हो। साथमा, बर्ज जिसीको वालबाट यो पनि- ‘शारीरिक अस्वस्थताका बाबजुद यसपाली कूलपूजाको सिलसिलामा प्युठान पुग्दा पर्यटकीय नगरी ओखरकोट र काका मोहनविक्रम सिंहको निवाससम्म पुगियो। यात्रा अविस्मरणीय नै रह्यो।’

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 177
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    177
    Shares

प्रतिक्रिया दिनुहोस !