माधव नेपालसँग पार्टी एकता हुनेबारे प्रचण्डले गरे यस्तो खुलासा, कहिले हुन्छ ?

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माधव नेपालसँग आफूहरू ढिलो-चाँडो एकता हुने बताएका छन्।

शनिबार ललितपुरमा आयोजित अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले भने, ‘माधव नेपालसँग हामी ढिलो-चाँडो एक ठाउँमा हुन्छौं। हामी यसअघि पनि आफैं छुट्टिएको होइन।’

यसअघि पनि आफूहरूले प्रयास गरेको भन्दै ढिलो- चाँडो मिल्ने उनले बताएका हुन्। ‘निर्वाचन हामीकहाँ निषेध छैन। यसअघि पनि हामीले यसको प्रयास गरेका थियौं।’

नेतृत्व भनेको औपचारिकमात्र नभई विचार र जनमत बोकेको हुनुपर्ने उनको भनाइ छ। ‘नेतृत्व भनेको औपचारिकमात्र होइन विचार र जनमत बोक्ने हुनुपर्छ, जसरी पनि निर्वाचन जितेर नेतृत्व सही आउँछ भन्ने पनि हुँदैन’,

उनले भने, ‘हामी बुर्जुवाले जस्तो निर्वाचन चाहँदैनौं तर हामी निर्वाचान हुनुहुँदैन पनि भन्दैनौं।’ उनले निर्वाचन र मूल्यांकन दुवै हुनुपर्ने बताए।

‘निर्वाचन र मूल्याकंन दुवै हुनुपर्छ, हामीले हिजो यसै प्रचण्डपथ छोडियो कुनै विकल्प ल्याइएन भन्ने हो, फेरि प्रचण्डपथ ल्याउन पर्छ भन्ने होइन’, उनले भने। प्रचण्डले विपक्षी दलका नेता केपी शर्मा ओलीलाई भेट्न उनकै निवास बालकोट जाने प्रस्ताव प्रधानमन्त्रीसमक्ष राखेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकमा समेत नेकपा एमालेका अध्यक्ष ओली अनुपस्थित रहँदै आएका छन् । लगातार संसद अवरुद्ध गर्ने र सर्वदलीय बैठकमा समेत नआएको भन्दै प्रचण्डले भने, ‘मैले त प्रधानमन्त्रीजीलाई उहाँ आउनु हुन्न, तपाईं र म नै बालकोट जाऊँ भनेको छु ।’

ओलीलाई भेटेर सदन पनि रोकिदिनुभएन भन्ने र अरु विषय पनि छलफल गर्ने उनको प्रस्ताव छ । शनिबार सम्पादकहरुसँग भएको छलफलमा प्रचण्डले सुनाएअनुसार प्रधानमन्त्री देउवाले महाधिवेशन पछि जाउँला भनेका थिए ।

प्रचण्डले भने, उहाँहरुको महाधिवेशन सकिएको छ । हाम्रो पनि सकिन्छ र जरुरी पर्‍यो भने बरु उहाँ आउन नमान्ने हो भने हामी नै जाने ।’

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 131
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    131
    Shares

प्रतिक्रिया दिनुहोस !