रावलले ओलीलाई भने, ‘एमसीसी पास गर्ने भए भारतको प्रधानमन्त्री हुन गए हुन्छ’ !

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौँ – नेकपा (एमाले) का नेता भीम रावलले एससीसी नेपालको संसदबाट पास गर्न तयार हुनेहरु भारतको उपनिवेश स्वीकार्न तयार हुन पर्ने बताएका छन् ।

नेपाल चीन जनमैत्री प्रतिष्ठानले काठमाडौँमा आयोजना गरेको अमेरिकी लोकतन्त्रको यथार्थ र एमसीसी’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेता रावलले एमसीसीको एउटा बुदाले नेपाललाई भारतको उपनिवेश भनेर स्वीकारेको बताए ।

‘केही नेता, पूर्वप्रधानमन्त्री, अहिलेका प्रधानमन्त्री एमसीसी विकासका लागि आउन लागेको भनेर हल्ला गरिरहेका छन् । देउवाजी, ओलीजी, जेएनयुका विद्यार्थी बाबुराम भट्टराई जी तपाईँहरु नेपालको प्रधानमन्त्री बन्नुभएको छ । फेरी पनि बन्नु होला ।

तर एमसीसी पास भएपछि नेपाल भारतको उपनिवेश भनेर विश्वले स्वीकार्नेछ । तपाई किन नेपालको प्रधानमन्त्री बन्न खोज्नुहुन्छ । एउटा उपनिवेशनको प्रधानमन्त्री बनेर के हुन्छ ? सिंगो भारतको प्रधानमन्त्री बन्नुहोस् ।’ उनले भने ।

नेपालमा सुरु गर्न लागेको परियोजनालाई भारतले अनुमति दिन पर्ने सम्झौताको प्रावधानले स्वाधिन राष्ट्र नेपाललाई भारतको उपनिवेश बनाउन खोजेको र भारतले पनि एमसीसी सम्झौता नेपालको संसदबाट पास भए सन १९५० को सुघौली सन्धीलाई क्रियाशिल बनाउने योजनामा रहेको बताए ।

उक्त सन्धीमा भारतीय नागरिकले नेपालमा सम्पती (जग्गा जमिन) राख्न पाउने प्रावधान लागु गराउने यो सव गरेको उृनको भनाई छ । नेता रावलले एमसीसी संसद्बाट पारित भए मुलुकमा समानान्तर सरकार बन्ने खतरा रहेको औँल्याउँदै त्यसलाई रोक्न सबैले आवाज उठाउनुपर्ने तर्क गरेका हुन् ।

अन्तरक्रिया कार्यक्रममा बोल्दै पूर्वउपप्रधानमन्त्री समेत रहेका उनले एमसीसी संशोधन बिना नै संसद्बाट पारित गरिए त्यसले मुलुकलाई शक्ति राष्ट्रहरूको द्वन्द्व र संघर्षमा परिणत गर्ने चेतावनी समेत दिए ।

नेता रावलले भने, ‘हेर्नुस् यो राष्ट्रिय स्वाधीनता कुनै पनि सर्तसँग सट्टापट्टा गर्न सकिँदैन । गर्न मिल्दैन । यदि कोही पनि नेपाली देशभक्त छ भने एमसीसीको विरुद्धमा उभिनुपर्छ । यो सम्झौता संशोधन भयो भने सोचौँला भने त्यतिबेलै भनेका थिए ।

म तपाईहरुका अगाडि साँचो कुरा भन्छु–यी सबै संशोधन गरौँ मैले भनेको थिए । त्यसपछि पैसा लिऊ मैले भनेको । म अहिले पनि त्यो भन्छु । तर अमेरिकी अधिकारीहरूले त भनेभने । नेपालका हाम्रै देशका हौँ भन्नेहरूले पनि भन्छन्–यो संशोधन हुनै सक्दैन । यसलाई अनुमोदन गर्नुपर्छ ।’

रावलले भने, ‘उहाँहरू यसो भन्नु हुन्छ । त्यस कारण नेपाललाई विदेशी कम्पनीको इसारामा समानान्तर सरकारको स्थिति उत्पन्न हुन्छ यसबाट । समानान्तर सरकार । समानान्तर सरकारको स्थिति उत्पन्न हुनुका साथै नेपाल क्रमशः पराधीनतातर्फ धकेलिनेछ ।

नेपाल शक्ति राष्ट्रहरूको द्वन्द्व र संघर्षको थलोमा परिणत हुनेछ । यो हामी प्रत्येक नेपालीको हित विरुद्धमा हुनेछ । त्यसैले हामीले यो एमसीसी सम्झौता यही रूपमा हुनुहुँदैन भन्ने कुरा उठाउनै पर्छ । सशक्त रूपमा हामीले बोल्नुपर्छ ।’

नेत्र विक्रम चन्द नेतृत्वको नेकपाका नेता धर्मेन्द्र बास्तोलाले एमसीसी पारित गर्ने काम गरियो भने मुलुक गम्भीर दुष्चक्रमा फस्ने चेतावनी दिए । उनले एमसीसी सम्झौताबारे नेपाल सरकारले अमेरिकी सरकारलाई पठाएको पत्राचार सार्वजनिक हुनुपर्ने माग समेत गरे । ्

उनले भने, ‘जे कुरा यो एमसीसी भित्र छ । यदि त्यो बेला उहाँहरूलाई थाहा थिएन भने पनि अव यी सबै कुराहरू सार्वजनिक भएको छ । उहाँहरूले जुन पत्राचार गर्नु भएको छ । त्यो पत्राचार पनि नेपाली जनताको अगाडि दिनुपर्छ । र पनि यति हुँदाहुँदै उहाँहरूले सम्झौता गर्ने अवस्था भयो भने यो देश एउटा निश्चित रूपमा अत्यन्तै ठूलो दुर्भाग्यको दुष्चक्रमा पस्नेछ ।

त्यसका शिकार ती नेताहरू पनि हुनेछन् । अमेरिका एमसीसीमार्फत् भारतमा पनि नियन्त्रण गर्न चाहन्छ । अमेरिकाले डेमेक्रेसीको नाममा लुटपाट मच्याउने काम गरिरहेको छ । नेपालका पनि एमसीसी भनेर डकैती गर्न खोजिएको छ ।’

पूर्वराजदूत लीलामणि पौडेलले एमसीसी राष्ट्र हितमा नरहेकाले त्यसलाई अगाडि बढाउन नसकिने स्पष्ट पारे । उनले अन्य मुलुकको सर्त लागू हुने गरी राखिएको सर्त, सुरक्षासँग सम्बन्धित खतरनाक सर्तहरू एमसीसीमा रहेकाले त्यसलाई स्वीकार गर्दा मुलुक अन्य मुलुकको बन्दी बन्नुपर्ने अवस्था आउने खतरा पनि औँल्याए ।

नेपाल सरकारका पूर्व मुख्यसचिव समेत रहनु पौडेलले मुद्दा मामला झेल्नुपर्ने डरले सो सम्झौता संसद्बाटै पारित गराउन चाहेको दाबी पनि गरे ।

   

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 651
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    651
    Shares

प्रतिक्रिया दिनुहोस !