नेपालमा एकसाथ दुईवटा सरकार बन्न लागेको खुलासा, कसरी हुदैँछ यस्तो सम्भव ?

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौं । नेपालमा समानान्तर सरकार बन्न लागेको खुलासा भएको छ । नेकपा एमालेका नेता डा। भीम रावलले एमसीसी संसदबाट पारित भए देशमा समानान्तर सरकार बन्न सक्ने खतरा देखिएको बताएका हुन्।

एससीसीको विरोधमा बलियोसँग आवाज उठाउनुपर्ने बताउँदै उनले संसदबाट यो पारित भए मुलुकमा समानान्तर सरकारको खतरा रहेको बताएका हुन्।

काठमाडौंमा शनिबार आयोजित ‘अमेरिकी लोकतन्त्रको यथार्थ र एमसीसी’ विषयक अन्तरक्रिया कार्यक्रममा आफ्ना कुरा राख्ने क्रमा रावलले यस्तो खतरा देखेका हुन्।

पूर्वप्रधानमन्त्री रावलले एमसीसीका प्रावधान संशोधन नगरी पारित गरिए मुलुकलाई शक्ति राष्ट्रहरुको द्वन्द्वको केन्द्र बनाउनेतर्फ पनि सचेत गराए।

नेता रावलले कोही देशभक्त नेपालीले त्यो सम्झौता मान्न नसक्ने कुरा राखे। उनले एमसीसी सम्झौता संशोधन गरेर पास गर्न आफू तयार रहेको पनि बताए।

नेपालकै नेताहरुले संशोधनबिना नै पास गर्नुपर्छ भनेको देख्दा आफूलाई आश्चर्य लागेको उनले बताए। रावलले मुलुकको सार्वभौमिकतामा आँच आउने सम्झौता नेपालका लागि स्वीकार्य नहुनेमा पनि जोड दिए।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 114
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    114
    Shares

प्रतिक्रिया दिनुहोस !