७७ वटै जिल्ला समितिलाई राजेन्द्र लिङ्देनको निर्देशन: ‘खादा, मालाको तामझाम नगर्नू’

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौँ : राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीका कार्यक्रमहरुमा माला, खादा लगायतका तामझाम नगर्न ७७ जिल्ला कार्यसमितिलाई निर्देशन दिएका छन् ।

पार्टीका अध्यक्ष, पदाधिकारी, केन्द्रीय सदस्य, प्रतिनिधिहरू जिल्लाको भ्रमणमा जाँदा वा स्थानीय तहका कार्यक्रममा माला, खादा, उपहार वा कुनै किसिमको तामझाम नगर्न, सादगी व्यवहार आचरण अपनाउन मातहतका निकायलाई अध्यक्षको निर्देशानुसार सर्कुलर गरिएको राप्रपा महामन्त्री  भुवन पाठकले जानकारी दिए ।

केही दिन अघि दाङमा आयोजित लुम्बिनी प्रदेश स्तरीय विस्तारित बैठकमा लिङ्देनले २५ केजीको फुलको माला अस्वीकार गरेका थिए ।

अरब होइन खरब पैसा म उठाइदिन्छु, एमसीसी फिर्ता गर्नै पर्छ :राजेन्द्र लिङ्देन – काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले मिलिनियम च्यालेन्ज कर्पोरेसन्स एमसीसी परियोजना कुनै पनि हालतमा नेपालको संसद बाट पारित गर्न नहुने अडान राखेका छन् ।

अध्यक्ष लिङ्देनले एमसीसीको विषयमा नेपालमा निकैनै विवादीत र गिजोलिएका कारण अब यसलाई अघि बढाउँन नहुने अभिव्यक्ति दिएका छन् । सरु देखीनै नेपाल सरकारले यसमा जनताको विश्वास लिन नसकेको भन्दै उनले जम्मा ५५ अर्बका लागी नेपालीलाई विभाजीत गरेर एमसीसी नचाहिने बताएका छन् ।

एक टेलिभिजन अन्तर्वातामा अध्यक्ष लिङ्देनले नेपाली जनतालाई आपसमा भिडाएर ,लडाएर जम्मा जम्मी ५५ अर्ब रुपैँयाका लागी रहस्यमय एमसीसी नेपालमा लागु गर्नु पर्छ भन्ने पक्षमा राप्रपा नरहेको प्रष्ट पारेका छन् । पैसा ठूलो कुरो होइन नेपालीलाई चाहिँदैन भन्दा भन्दै अमेरिकाले किन यती जबर्जस्ती गरिरहको छ ? उनले प्रश्न गरेका छन् ।

नेपालीले चाहिँदैन भनेका छन् उसले लिनु कि लिनु भनिरहेको छ अनुदान पनि लिनु कि लिनु भनेर दिने कुरा होर ? यहिँ छनी रहस्य । उनले भनेका छन् । एमसीसी यति धेरै विवादित भैसके पछि खुरुक्क यसलाई फिर्ता पठाउँनु पर्ने तर्क उनले गरेका छन् ।

५५ अर्ब पैसाका लागी हो भने त्यत्ती पैसा ठूलो कुरा नभएको भन्दै उनले त्यत्ती पैसा निकाल्न सकिने ठाउँ आफुले बताइदिने भनेका छन् ।

उच्च पदस्थ नेता र कर्मचारीको सम्पत्ती छानबिन गर्ने हो भने अरबमा होइन खरबमा पैसा उठाउँन सकिन धारणा उनले राखेका छन् ।

केहि समय अघि मात्रै कमल थापालाई हराउँदै राप्रपाको अध्यक्षमा निर्वाचित भएका लिंदेनको यस्तो घोषणा गरि पछि एमसीसी विरोधी अभियान्ताहरुमा खुशियाली छाएको छ । यस अघी राप्रपाका अध्यक्ष रहेका कमल थापा एमसीसीको कट्टर समर्थक रहेका थिए ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 82
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    82
    Shares

प्रतिक्रिया दिनुहोस !