रंगपत्रकार उत्सवसँग रोमान्टिक बनेकी नायिका पुजा शर्मा ! हेराैँ तस्बिरहरू

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौं । नेपाली चलचित्र क्षेत्रकी चर्चित नायिका पूजा शर्मा २९ बर्षमा प्रवेश गरेकी छिन् । उनको वि.सं २०४९ साल वैशाखको १७ गते सिन्धुपाल्चोकमा पूजाको जन्म भएको हो ।

पूजाले आफ्नो करिअरको सुरुवात चलचित्र ‘थ्रि लभर्स’बाट सुरु गरेकी हुन् तर फिल्म ‘प्रेमगीत’बाट भने उनको करिअर चम्कियो ।

पूजाले ‘प्रेमगीत’ अगाडि ‘मेरो बेष्ट फ्रेन्ड, मधुमास, चंखे शंखे पंखे, अझै पनि’ लगायतका चलचित्रमा काम

पूजाले अभिनय गरेको चलचित्र ‘म यस्तो गीत गाउँछु’ बक्स अफिसमा हिट भयो । पूजाले ‘प्रेमगीत’ अगाडि ‘मेरो बेष्ट फ्रेन्ड, मधुमास, चंखे शंखे पंखे, अझै पनि’ लगायतका चलचित्रमा काम गरेकी थिइन् ।

पूजाको करिअरको टर्निङ पोइन्ट निर्देशक सुदर्शन थापासँग भेटपछि भएको मानिन्छ । सुदर्शनले उनीसँग ‘मधुमास’पछि निरन्तर सहकार्य गर्दै आएका छन् । सुदर्शनको निर्देशनमा पूजाले ‘मधुमास, चंखे शंखे पंखे, प्रेमगीत, म यस्तो गीत गाउँछु, रामकहानी, म यस्तो गीत गाउँछु २, सम्हालिन्छ कहिले मन’ लगायतका चलचित्रमा काम गरिसकेकी छिन् ।

पूजा पछिल्लो समयकी चर्चित र महंगी नायिका हुन् । उनले चलचित्रमा अभिनय गरेको १५ लाख भन्दाप माथिको पारिश्रमिक वुझ्दै आएकी छिन् ।

यी नायिका पछिल्लो समय नायक आकाश श्रेष्ठसँगको सम्बन्धका कारण पनि चर्चामा

विभिन्न समयमा आफ्नै बोलीका कारण विवादमा समेत पर्दै आएकी यी नायिका पछिल्लो समय नायक आकाश श्रेष्ठसँगको सम्बन्धका कारण पनि चर्चामा छिन् । तर, पूजा आकाशलाई आफ्नो साथी मात्र भएको बताउँछिन् ।

पछिल्लो समय पुजा रंगपत्रकार उत्सव रसाइली लगायतसँग रोमान्टिक मुद्रामा पुलमा रमाएका तस्बिर सार्वजनिक भएका छन् । जहाँ उनीहरू निकै खुलेको देख्न सकिन्छ । तस्बिर- उत्सव रसाइलीको फेसबुकबाट

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 39
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    39
    Shares

प्रतिक्रिया दिनुहोस !