एमालेको बहुमतलाई कसैले रोक्न र छेक्न सक्दैन, जनताले एमालेलाई फेरि सिंहदरबार पुर्‍याउँछन् : के. पी. ओली

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

झापा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आउँदाे चुनावमा आफ्नो पार्टीले बहुमत ल्याउने बताउनुभएको छ । देशभरि एमालेको पक्षमा जनलहर आएकाले एमालेको बहुमतलाई कसैले रोक्न र छेक्न नसक्ने उहाँले उल्लेख गर्नुभयो ।

दमक नगरपालिका ३ मा निर्माणाधीन दमक भ्यु–टावरको अवलोकनपछि आज आइतवार आयोजित सभामा अध्यक्ष ओलीले एमालेले गरेको कामलाई देखेर नागरिकले फेरि तीनै तहको चुनावमा आफ्नो पार्टीलाई बहुमत दिएर जिताउने बताउनुभयो ।

‘एमालेलाई देशी, विदेशी शक्तिले सत्ताबाट हटाएको हो’, उहाँले भन्नुभयो, ‘अब जनताले बहुमत दिएर एमालेलाई फेरि सिंहदरबारमा पुर्‍याउँछन् ।’

हिजाे शनिवार गृह जिल्ला आउनुभएका अध्यक्ष ओली भाेलि सोमवारसम्म दमकमा रहने बताइएको छ । झापा क्षेत्र नं ५ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित अध्यक्ष ओलीले आज र भाेलि आफ्नो निर्वाचन क्षेत्रमा विभिन्न कार्यक्रममा सहभागी हुने कार्यक्रम छ ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 1.2K
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    1.2K
    Shares

प्रतिक्रिया दिनुहोस !