फिल्डमा उत्रिएरै लिङ्देनले केपी ओलीसंग लिए बदला !

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग फिल्डमै उत्रिएर बदला लिएका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई नेपाली काँग्रेसको महाधिवेशन उद्घाटन समारोहमा ‘भर्खरै जन्मिएको बाछो उफ्रिन्छ’ भनेर टिप्पणी गरेका थिए । लिङ्देनले त्यसको बदला लिएका हुन् ।

एमाले अध्यक्ष ओलीले लिङ्देनलाई सार्वजनिक रुपमा व्यंग्य गरे पनि उनै लिङ्देनले उल्लेखनीय संख्यामा ओलीको गृह जिल्लाका एमालेहरुलाई राप्रपामा प्रवेश गराएका छन् ।

शनिबारदेखि झापाका विभिन्न पालिकाका पार्टी कमिटीद्वारा आयोजित कार्यक्रममा उल्लेख्य संख्यामा स्थानीयहरु राप्रपा प्रवेश गरेको बताइएको छ ।

बिर्तामोडमा भएको शुभकामना आदानप्रदान कार्यक्रममा ३ सय ६३ जना र सोही दिन साँझ बाह्रदशीमा भएको अर्को कार्यक्रममा ८७ जनाले पार्टी प्रवेश गरेको झापा अध्यक्ष केशवप्रसाद ओझाले जानकारी दिएका छन् ।

यसअघि सोमबार भद्रपुर नगरपालिकाबाट बिकेन्द्र मेयाङ्बोलगायत विभिन्न दलबाट ५ सय २३ जना, कचनकवल गाउँपालिकाबाट ३६ जना र राधानगर र कुटु बस्तीबाट १ सय ३७ जनासमेत गरि ७ सय जना राप्रपा प्रवेश गरेका छन् ।

एमालेलगायतका दलबाट यसबीचमा झण्डै १३ सय जना आफ्नो दलमा प्रवेश गरेको राप्रपा झापाको दाबी छ ।

नवनिर्वाचित अध्यक्ष लिङ्देनले पार्टी महाधिवेशनमा भनेझैं यो क्रमले निरन्तरता पाउँदा आगामी ६ महिनाभित्रमा राप्रपाले काँचुली फेर्ने भन्न थालिएको छ ।

उनले त्यतिबेला भनेका थिए, ‘म पनि काम गर्छु तपाईंहरूले पनि काम गर्नुपर्छ, काम नगरी बस्ने छुट कसैलाई छैन ।’

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 277
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    277
    Shares

प्रतिक्रिया दिनुहोस !