माओवादीको महाधिवेशनमा देउवा र कुन्ती शाहीले हँसाउनु हसाँए !

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौँ – सत्तारुढ दल नेकपा माओवादी केन्द्रको ८ औँ राष्ट्रिय महाधिवेशन आज बाट काठमाडौँमा सुरु भएको छ ।उद्घाटन सत्रमा देखिएका केहि रोचक दृश्यहरुले सबैलाई मनोरंजन दिएको छ ।

माओवादी केन्द्रकोे ८ औँ महाधिवेशन उद्घाटन सत्रमा अतिथिको रुपमा पुगेका प्रधानमन्त्री एवं नेपाली काग्रेसका सभापती शेरबहादुर देउवा र राप्रपाकी महामन्त्री कुन्तीकुमारी शाही आज हाँसोको पात्र बनेका छन् । शाहीको जिब्रो चिप्लीएर मजाकको पात्र बनिन् भने देउवाको कुरो अझै अर्को छ ।

प्रज्ञा प्रतिष्ठानको हलमा आयोजित महाधिवेशनलाई शुभकामना दिन प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा पनि पुगेका छन् । देउवालाई स्वागत गर्ने क्रममा भने एउटा रोचक दृश्य देखिएको छ ।

स्वागत गरिसकेपछि आफूलाई लगाइदिएको माला देउवाले निकालेका थिए । तर, सँगै रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लगाउन आग्रह गरेपछि देउवाले निकालिसकेको माला फेरि लगाएका हुन् ।

राप्रपाकी महामन्त्री कुन्ती कुमारी शाहीले भने बोल्ने क्रममा पटक पटक गल्ती गरेकी थिइन्। कार्यक्रममा पुगेका अतिथिहरु कसैको नामै भुल्ने, कसैको थर भुल्ने त कसैको पार्टीको नामै भुल्ने सम्म उनले गरेकी छिन् । यति सम्मकी एमाले महासचिव शंकर पोखरेललाई त उनले इश्वर पोखरेल पो भनिन् ।

उनले सम्बोधन गर्ने क्रममा सहभागीहरू हाँसे ।सुरुमा उनले कांग्रेस सभापति भन्नुपर्नेमा अध्यक्ष भनिन्। त्यसपछि नेकपा एमाले भन्नुपर्नेमा नेकपा भनिन् । एमाले महासचिव शंकर पोखरेल भन्नुपर्नेमा उनले नेकपा महासचिव ईश्वर पोखरेल भनेपछि सहभागी हाँसेका हुन्।

शाहीले माओवादी केन्द्रको महाधिवेशनको सफलताको शुभकामनासमेत दिइन् । महाधिवेशनले महिलाको अधिकार ल्याउन सफल होस् भनेकी थिइन्। भाषण क्रममा उनले विदेशमा बस्ने नेपालीहरुले १०० डिग्री तापक्रममा काम गरिरहेको समेत भनिन् त्यस पछि त हलमा हाँसोको फोहोरानै छुट्यो ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 359
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    359
    Shares

प्रतिक्रिया दिनुहोस !