प्रचण्ड र माधवले सपनामा पनि गठबन्धन देख्छन्ः गोकर्ण विष्ट

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेका सचिव गोकर्ण विष्टले एकीकृत नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले सपनामा पनि गठबन्धन नै देख्ने गरेको टिप्पणी गरेका छन् ।

गुल्मीको मदाने गाउँपालिका पुर्कोट दहको जनज्योति क्याम्पसको कार्यक्रममा वष्टले प्रचण्ड र माधव नेपाललाई गठबन्धन कायम रहेन भने पार्टी रहन्छ भन्ने कुरामा विश्वास नरहेको जिकिर गरे ।

गठबन्धन नरहे पार्टी पनि नरहने भएकाले गठबन्धनकै सपना देख्ने गरेको उनको टिप्पणी छ । सचिव विष्टले एमालेसँग एक्लाएक्लै चुनाव लड्ने आँट अरु कुनै पार्टीसँग भएको दावी गरे ।

आगमी निर्वाचनमा सबै राजनीतिक दल एमालेविरुद्ध गठबन्धन गरेर आए पनि परास्त पार्ने विष्टको भनाइ छ । शेरबहादुर देउवा नेतृत्वको सरकार जनताको बहुमतबाट नभएर बम्पर उपहारबाट प्राप्त भएको विष्टले टिप्पणी गरे ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 762
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    762
    Shares

प्रतिक्रिया दिनुहोस !