प्रधानमन्त्रीले एमसीसी ‘सित्तैमा आएको’ भन्नु जनता ठग्ने लज्जास्पद अभिव्यक्ति: भीम रावल

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौं । एमाले नेता भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवाको भनाइप्रति आपत्ति जनाएका छन् । नेकपा (माओवादी केन्द्र)को आठौं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले एमसीसी राष्ट्रघाती नभएको स्पष्ट पारेका थिए ।

नेपाली कांग्रेसमा सभापति समेत रहेका देउवाले भनेका थिए– ‘एमसीसी नेपालको हितमा छ, सित्तैमा आएको पैसा हो, सित्तै आएको पैसा किन चाहिदैन भन्ने ? विश्व बैंक, एसियाली विकास बैंकबाट हामी ऋण लिन्छौँ, त्यसमा अन्तर्राष्ट्रिय कानुन लागू हुन्छ । तर एमसीसीले सित्तैमा दिन्छु भन्छ, नेपालकै कानुन मान्छु भन्छ, तैपनि मान्दैनन्, राम्रोसँग बुझ्नुपर्‍यो ।’

नेता रावलले प्रधानमन्त्रीको उक्त अभिव्यक्ति ज्जास्पद भएको बताएका छन् । रावलले मूल सम्झौतासँग आधा दर्जन सम्झौता गरी नेपाललाई अमेरिकी सामरिक स्वार्थमा दुरुपयोग गर्न एमसीसीअन्तर्गत आउने रकमलाई ‘सित्तैमा आएको’ भनी देशको प्रधानमन्त्रीले भन्नु जनता ठग्ने लज्जास्पद अभिव्यक्ति भएको दावी गरेका छन् ।

उनले ट्वीटमा भनेका छन्, ‘मूल सम्झौतासँगै आधा दर्जन सम्झौता गरी नेपाललाई अमेरिकी सामरिक स्वार्थमा दुरुपयोग गर्न एमसीसीअन्तरगत आउन रकमलाई ‘सित्तैमा आएको’ भनी देशको प्रधानमन्त्रीले भन्नु जनता ठग्ने लज्जास्पद अभिव्यक्ति । यस्तो कुरा नेपाल सार्वभौम स्वाधीन र लामो सभ्यता भएको देश ठान्ने कसैले गर्न सक्दैन।’

यस्तै। नेकपा माओवादी केन्द्रको जारी ८ औँ महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् ।

कमलादीस्थित प्रज्ञा भवनको सभाहलमा आज सुरु भएको बन्दसत्रमा अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गरेका हुन् । उनले सभामा वाचन गर्दै प्रतिवेदन प्रस्तुत गरेका हुन् ।

आइतबारबाट सुरु भएको महाधिवेशनको दोस्रो दिन आज बन्दसत्र चलिरहेको छ । सो सत्रमा प्रचण्डले ‘२१ औं शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकको राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका हुन् ।

उक्त प्रतिवेदनमा प्रचण्डले शान्तिपूर्ण राजनीतिमा प्रवेश गरेपछिका पार्टीमा देखिएका उतारचढावहरु तथता समग्र राजनीतिक दिशाको विश्लेषण गरेको बताइएको छ । तर सो प्रतिवेदन महाधिवेशनमा सहभागी प्रतिनिधिहरुलाई भने बाँडिएको छैन ।

अब उक्त प्रतिवेदनमाथि बन्दसत्रमै समूहगत छलफल हुने जनाइएको छ, यसका लागि प्रतिनिधिहरुको २८ समूह बनाइएको छ ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 79
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    79
    Shares

प्रतिक्रिया दिनुहोस !