प्रचण्ड जत्तिको नेता नेपालले पाउनु सौभाग्य हो : बामदेब गौतम

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौँ – पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रशंसा गर्दै बधाई ज्ञापन गरेका छन्।

काठमाडौँको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आइतबार आयोजित माओवादी केन्द्रको आठौं महाधिवेशन उद्घाटन समारोहमा प्रचण्डले कसैलाई आलोचना नगरी संक्षिप्त र तर्कयुक्त विचार राखेको भन्दै गौतमले वक्तव्य जारी गरी उनको प्रशंसा गरेका हुन्।

सचिवालयमार्फत गौतमले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘उहाँको मन्तव्यमा एउटा पनि दुर्वचन थिएन। कतिपय पार्टीका नेता दुर्वचनबाट आफ्नो मन्तव्य सुरु गर्छन् र दुर्वचनबाटै मन्तव्य अन्त्य गर्छन्।

उनको तुलनामा प्रचण्ड एकदमै सुसंकृत र भव्य देखिनुभयो। प्रचण्डजीलाई धेरै धेरै बधाई र धन्यवाद दिन्छु।’ पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रशंसा गर्दै बधाई ज्ञापन गरेका छन्।

काठमाडौँको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आइतबार आयोजित माओवादी केन्द्रको आठौं महाधिवेशन उद्घाटन समारोहमा प्रचण्डले कसैलाई आलोचना नगरी संक्षिप्त र तर्कयुक्त विचार राखेको भन्दै गौतमले वक्तव्य जारी गरी उनको प्रशंसा गरेका हुन्।

सचिवालयमार्फत गौतमले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘उहाँको मन्तव्यमा एउटा पनि दुर्वचन थिएन। कतिपय पार्टीका नेता दुर्वचनबाट आफ्नो मन्तव्य सुरु गर्छन् र दुर्वचनबाटै मन्तव्य अन्त्य गर्छन्। उनको तुलनामा प्रचण्ड एकदमै सुसंकृत र भव्य देखिनुभयो। प्रचण्डजीलाई धेरै धेरै बधाई र धन्यवाद दिन्छु।’

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस !

बिशेष समाचार