यी युवकको प्रेममा चुर्लुम्म वर्षा सिवाकोटी, बाहिरियो यस्तो भिडियो (भिडियो सहित)

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौं । कलाकारले सामाजिक सञ्जालमा पोष्ट गर्ने तस्वीर र क्याप्सनले धेरै कुरा बोल्छ । कतिपय अवस्थामा कलाकारको तस्वीर र क्याप्सनले उनीहरुको प्रेमजीवनको समेत चित्रण गरेको हुन्छ ।

नायिका वर्षा सिवाकोटी गत वर्षदेखि कलाकार राज कटुवालको प्रेममा छिन् । राज र वर्षाको प्रेम नेपाल हुँदै दुबईमा समेत छल्किसकेको छ । आजकल वर्षा मायाप्रेम कुरा निक्कै गर्न थालेको चर्चा छ ।

चारवटा चलचित्र रिलिजको प्रतीक्षामा रहेकी यी नायिका राजसँग चाँडै विवाह गर्ने तयारीमा रहेको बताइन्छ । तर, मिडियामा भने वर्षा राजसँग विवाहका विषयमा अहिले नसोचेको बताउँछिन् ।

हालै वर्षाले सामाजिक सञ्जालमा पोष्ट गरेको ‘तिमी पाएँ चाहिँदैन आकाशको जुन’ क्याप्सनले पनि उनी राजको प्रेममा कसरी डुबुल्की मारिरहेकी छन् सजिलै बुझ्न सकिन्छ ।

वर्षा र राज करिअरमा प्रेमको कारणले पनि चर्चामा आउन चाहन्छन् । उनीहरू प्रेमको कारण पनि केहि म्युजिक भिडियोमा सँगै देखिने अवसर पनि पाएका छन् । यसैले पनि उनीहरुले सामाजिक सञ्जालमा एकसाथ बाक्लो उपस्थिति जनाइरहेका छन् ।

त्यस्तै नायक राज कटुवाल र नायिका वर्षा सिवाकोटी अभिनित नयाँ म्युजिक भिडियो ‘म यस्तो गीत गाउँछु’ रिलिज भएपछि निकै चर्चा पाएको छ ।

यस म्युजिक भिडियोमा वर्षा र राजले रोमान्स गरेका छन् । सुगम पोखरेल र सुष्मा विश्वकर्माकोस्वर रहेको छ ।सत्यराज चौलागाँइको शब्द रहेको गीतमा सरोज प्याकुरेलको संगीत छ भने उदयराज पौडेलले एरेन्ज गरेका छन् ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस !

बिशेष समाचार