‘पुरानो घर’ नाटकघरमा पुष ३० देखि माघ ९ सम्म नाटक ‘लाटीको छोरो’ मन्चन हुदै !

काठमाडाै‌ं – काठमान्डौको सिनामंगलमा रहेको ‘पुरानो घर’ नाटकघरमा नाटक ‘लाटीको छोरो’ पुस ३० गतेदेखि मन्चन हुदैछ ।

कोरोनाका कारण लामो समय रंगकर्म गर्न नपाएका युवा रंगकर्मिहरु एउटा राम्रो नाटक बनाउने प्रयासमा ‘पुरानो घर’ नाटकघरमा हरेक दिन नाटक ‘लाटीको छोरो’ को रियार्सलमा ब्यस्त छन् ।

सुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको उक्त नाटकबाट केही कलाकार लामो समयपछि नाटकमा पुनरागमन गर्दैछन् भने केही कलाकार आफ्नो नाट्य यात्राको पहिलो पाइला सार्दैछन्।

‘तीनकुने’बाट नाटकमा डेब्यू गरेकी सरिता भुजेल अढाइ वर्षपछि मञ्चमा देखिँदै छिन्। नाटकमा केन्द्रीय पात्र लाटीको भूमिकामा देखिन लागेकी भुजेल लामो समयपछि नाटक गर्न पाउँदा उत्साहित छिन्।

श्याम साहको कथा संग्रह ‘अब्बा’मा संग्रहित कथा ‘लाटीको छोरो’ पढेपछि भारतीलाई यो कथा नाटकमा अझ शक्तिशाली हुन्छ जस्तो लाग्यो।

उनले कथाकार साहसँग कथाको भाव नमर्ने गरी केही पात्र थपेर नाट्य रुपान्तरण गरी मञ्चन गर्ने अनुमति मागे। उनको कुराले कथाकार पनि खुसी भए। त्यसपछि ४ वर्षअघि ‘लाटीको छोरो’ नाटक बन्यो र मञ्चन भयो।

सोही नाटकबाट वरिष्ठ रंगकर्मी टीका पहाडी साढे तीन दशकपछि रंगमञ्चमा फर्किएका थिए। मण्डला नाटकघरमा मञ्चन भएको नाटकलाई दर्शकले निकै मन पराए।

भारती यतिवेला नयाँ कलाकारलाई लिएर ‘लाटीको छोरो’ फेरि मञ्चन गर्ने तयारीमा छन्, जुन पुरानो घरको आफ्नै नाटकघरमा मञ्चन हुन लागेको दोस्रो नाटक हो।

यो नाटक एकपटक मन्चन भैसकेको नाटक भएकाले अधिकांस नयाँ कलाकारलाई लिएर दर्शकमाझ पस्कनु निर्देशकलाई चुनौती पनि छ।

कोरोनाको नयाँ स्वरूपले फेरी पनि विश्व बजारलाई धेरै असर गरिरहेको छ र त्यसको असर नेपालमा पनि देखिन थालेको छ। त्यतिमात्र हैन लकडाउनको हल्ला समेत चल्न थालेको छ ।

यस्तो अवस्थामा नियमित नाटक रियार्सल गरिरहेका रंगमंचका  यी कल्कार्लाई झन् चुनौती थपिएको छ। त्रसित अवस्थामा दर्शकहरु नाटक हेर्न नआउने हुन् कि भन्ने चुनौती छ भने केहि कथम लकडाउन भयो भने दर्शकहरुलाई नाटक देखाउन नपाइने हो कि भन्ने चुनौती पनि छ ।

हामी आशा गर्न सक्छौ कि यी विभिन्न चुनौतीलाई पार गर्दै नाटक हेर्न रुचाउने दर्शकहरुलाई एउटा राम्रो नाटक ‘लाटीको छोरो’ यहि पुष ३० देखि माघ ९ गते सम्म हरेक दिन ४:४५ मा र शनिबारको दिन दिउसो १ बजे पनि शो मन्चन हुनेछ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस !

बिशेष समाचार