कामसँग मेरो गहिरो प्रेम छ: बिनोद भण्डारी

काठमाडौं । बिनोद भण्डारी भन्नसाथ ’कपालु कोरेर’ बोलको गीत सबैको मानसपटलमा आउँछ । ’कपालु कोरेर’मा लाहुरेको भेषमा चिटिक्क परेका जुंगा पालेका एक गाउँले युवक जस्ले बुढाबुढी बुवाआमा र श्रीमतीलाई छोडेर परदेशिनु भएको थियो ।

भण्डारी ‘कपालु कोरेर’ गीत बजारमा आउनुभन्दा पहिलानै चिरपरिचत कलाकार हुनुहुन्छ तर यो गीतले अझै उहाँलाई चर्चामा पुर्‍यायो र सबैसामु ल्यायो। उहाँले गाएका, अभिनय गरेका गीतहरु बजारमा थुप्रै छन् । तर कपलु कोरेरले उनलाई अझैं बढि दर्शक श्रोताको नजरमा पारेको हो भन्दा फरक नपर्ने उहाँको भनाइ छ ।

पछिल्लो समयमा निर्देशनमा आफ्नो दख्खल सावित गराउन सफल भण्डारीले निर्देशन गरेका गीतले दर्शकश्रोताले अत्यधिक माया पाउनुभएको छ। यतिबेला उहाँ ब्यस्त निर्देशकमा पर्नुहुन्छ ।

बागलुङ गलकोटका भण्डारीले केही वर्ष रोजगारीको शिलशिलामा जापानमा रहनुभयो त्यहा करिब ५ वर्षको बसाइँपछि उहाँ यतिबेला काठमाडौंमै आफ्नो ब्यवसायसङ्गै गीतसंगीतमा हुनुहुन्छ । अब यहि क्षेत्रमा आफुलाई सुम्पिने उहाँ सुनाउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ ‘जापानको लामो बसाइँपनि नेपाल फर्केर अन्यौलमा परेको मेरो जिवन ‘कपलु कोरेर” ले सार्थक बनाएको हो ।’ बिशेषगरेर आफ्नो प्रतिभा लोक तथा दोहोरी कलाकारका अभिभावक पृथ्वी थकाली र गायक तथा सर्जक खेम सेञ्चुरीले चिनेर त्यो अवसर दिएर आज यो स्थानमा आएको उहाँले सुनाउनुभयो ।

भण्डारीसंग हामीले केहि कुराकानी गरेका छौ, प्रस्तुत छ उहाँसँग गरिएको संक्षिप्त कुराकानी

१. के मा ब्यस्त हुनुहुन्छ ?

यहि नै हो गीत सुटिङ, कथा बनाउने यस्तैयस्तै काममा व्यस्त छु ।

२. निर्देशन गर्न सजिलो कि अभिनय ?

निर्देशन गर्न अनि गाह्रो हुन्छ, सबै कुरा सोच्नपर्ने हुन्छ अभिनय अरुको निर्देशनमा खेल्ने भएरपनि होला मलाई अभिनय सजिलो लाग्छ ।

३. ‘कपलु कोरेर’ निर्देशन गरेपछि पछाडि फर्केर हेर्न परेको छैन भन्नेपनि छ नी कत्तिको विश्वास गर्नुहुन्छ यो कुरा ?

‘कपलु कोरेर’ पछि काम आउन थालेका छन् पछिल्लो समय बढिनै आएका छन् यो म प्रतिको विश्वास र माया हो जो मैले ईमान्दारीताका साथ निभाउनुपर्छ र निभाएकोपनि छु ।

४.गीतपनि गाउनुहुन्थ्यो हजुरले अहिले धेरै भो सुन्नमा नआएका अब मात्रै अभिनय र निर्देशनमा पाउछौ हजुरलाई?

हाहाहा…गीत गाउथे पहिला रहर थियो अलि आवाजले साथ दिएन अनि अभिनय र निर्देशनमा मोडिन पुगे । यता गाह्रो त छ तर गीतसंगीतकै पाटो भएकाले रमाइलो लाग्छ काम गर्न । म कामसंग रमाउने मान्छे हुँ ।

५. हजुरले निर्देशन गरेका गीतमा केही न केही फरक स्वाद हुन्छन् कसरी सोच्नुहुन्छ ‘कन्सेप्ट’ ? म परिकल्पनाका अलि बढि खेल्ने गर्छु्, समाजका घटनाहरु केलाउने गर्छु, आखाँले देखेका कुराहरुपनि कथाकै रुपले हेर्ने गर्छु त्यसैलेपनि होला जस्तो लाग्छ ।

६. ‘कपलु कोरेर’ धेरै रुचाइयो अहिले ‘आफ्नो पन’ पनि निकै रुचाइएको छ कस्तो लाग्छ?

आफुले गरेका काम आम दर्शकश्रोताले रुचाइदिदा खुशी लाग्छ साथै थप राम्रो गर्ने प्रेरणापनि मिल्छ जस्ले गर्दा अझै राम्रो गर्नपर्छ भन्ने सोच र जाँगर आउँछ ।

७. हजुरको र जुना गुरुङको जोडि अत्यधिक रुचाइएको छ, धेरैले अब रियलमा देख्न पाउ भनेरपनि भन्न थाल्नुभएको छ । यसमा हजुको प्रतिक्रिया के छ ?

‘कपलु कोरेरपछि हाम्रो बाटो अलि फराकिलो भाको पक्कै हो । जुनाजीको अभिनय निकै राम्रो र जिवन्त हुन्छ । त्यसमा गीतपनि राम्रो थियो त्यसैलेपनि होला हाम्रो जोडी रुचाइएको । रिल जोडी र रियल जोडी फरकफरक पाटा हुन् ।

८. कोरोनाले सबै ठप्प भैरहदा तपाइले भने लगातार काम पाईरहनुभाछ कस्तो लाग्छ?

विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाले हामी सबैलाई दुख दियो र दिइरहेको छ । सुरुवातमा जब अझैं बढि डर थियो (डर त अहिलेपनि उस्तै छ) त्यो बेला काम गरिएन अहिलेभने लगातार जसो काम आइरहेका छन् खुशी लाग्छ र जिम्मेवारी थपिएको भान हुन्छ । मेरो काम राम्रो भएर त मलाई जिम्मेवारी दिनुहुन्छ भन्ने लाग्छ ।

९. आगामी गीत कस्ता आउदैछन् ?

राम्रा गीतहरु आएका छन् कन्सेप्ट बनाउँदैछु । मलाई विश्वास गरेर काम दिएपछि पुरा गर्नपर्छ भन्ने सोचले अन्याय नहुने तरिकाले समय लिएर धेरै मेहनत गरेर गर्दै छु ।

१०. प्रेमका गीत निर्देशक बढी गर्नुहुन्छ तपाईं प्रेममा हुनुहुन्छ ?

केहि कथा, केहि विषयबस्तु अनि कामसँग मेरो गहिरो प्रेम छ, यहि हो मेरो प्रेम । हाहाहा…

११. तपाइको त आफ्नै व्यवसायपनि छ कसरी समय मिलाउनुहुन्छ ?

हो मेरो रेष्टुरेन्टपनि छ । मेरा साथीहरुले हेर्नुहुन्छ म समय मिलाएर जाने गर्छु । मनले गर्छु भन्ने आटेर गरेपछि कठिनभएपनि समय मिलाउन सकिदोरहेछ ।

१२. अन्तिममा केही भन्न चाहनुहुन्छ ?

दर्शकश्रोता मेरा भगवान हुनुहुन्छ । काम गर्दै जानेक्रममा केहि गल्ती कमीकमजोरी हुन्छन् । मेरापनि धेरै होलान् तर हजुरहरुले औल्याइदिनुभयो भने आगामी दिनमा म सुधार्ने कोशीस गर्ने छु ।

म सधैं तपाइहरुको सल्लाह सुझावको भोको छु र सोहि अनुरुप अघि बढ्दै छु । तपाइहरुको माया सधैं यसैगरी पाउँ मेरा भगवानरुपी दर्शकश्रोताप्रति सधै आभारी छु, धन्यवाद ।

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहोस !