ओलीको एउटै फोनले गयो महेश बस्नेतको सातो , के भने त्यस्तो ?

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौं- नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओलीले मंगलबार महेश बस्नेतलाई फोन गरेर ११ औं महाधिवेशनको तयारी थालिएछ नि भन्दै युवा संघको विवाद नमिलाए आफैंले हस्तक्षेप गर्ने चेतावनी दिएको खबर बाहिरिएको छ ।

मंगलबार दिउँसो युवा संघका इन्चार्ज रहेका बस्नेतलाई फोन गरेर तुरुन्तै विवाद मिलाउन निर्दैशन दिएका हुन् । ‘महेशजी ११ औं महाधिवेशनको तयारी थालिएको रहेछ, के अब युवा संघले यसको तयारी थालेको हो रुतपाईहरुको टिममा चाहिँ को को हो नि रु’, ओलीले बस्नेतलाई भनेका थिए ।

ओलीको सो प्रश्नपछि बस्नेतले कुनै जवाफ फर्काउन सकेका थिएनन् । चितवनमा गत मंसिरमा सम्पन्नदशौं महाधिवेशनमा शंकर पोखरेललाई महासचिव दिनुहुन्न भन्ने पक्षमा रहेका बस्नेतले युवा संघभित्र

महासचिवलाई निषेध गर्न खोजिरहेका छन् । सो कुरा पार्टी अध्यक्षले बुझेपछि मंगलबार आफैंले फोन गरेर निर्णय सच्याउन अन्य गतिविधि नगर्न निर्देशन दिएका थिए ।

‘‘देशभरका साथीहरुले महेश बस्नेतको व्यक्तिवादका विरुद्ध आवाज उठाएको मधेस प्रदेशले त समानान्तर कमिटी बनाउने घोषणा गरेको अवस्थामा पार्टी अध्यक्षले इन्चार्ज बस्नेतलाई फोन गर्नुभएको हो’, युवा संघका एक पदाधिकारीले भने ।

उनका अनुसार मंगलबार दिउँसोबाट ओली सक्रिय भएका छन् । पार्टी अध्यक्षको सक्रियतापछि युवा संघका नेताहरुले पोखरा बैठकमा भएका निर्णयहरु परिमार्जन हुने आशय पाएको बताएका छन् ।

‘पोखरा बैठकमा कोरम पुगेको थिएन, इन्चार्ज बस्नेत र युवा संघका अध्यक्ष किरण पौडेल बसेर बनाइएको निर्णयलाई फेसबुकमार्फत सार्वजनिक गरिएको थियो । अब सच्चिने दिशामा उन्मुख भएको छ’, स्रोतले भन्यो ।

युवा संघ पोखरा बैठकले तरंग उत्पन्न गराएको छ । पुस २७ र २८ गते भएको बैठकमा प्रमुख अतिथि र अतिथि लैजाने विषयमै मतमतान्तर भएपछि तरंग उत्पन्न भएको थियो । युवा संघका सदस्यहरुले प्रमुख अतिथि र अतिथि बनाउने विषयमै लफडा गरेका थिए ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस !