राजेन्द्र लिङ्देनको लोभलाग्दो क्रेज, राप्रपा प्रवेस गर्नेको लाग्यो लर्को !

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौं ।राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल (राप्रपा) को अध्यक्षमा सांसद्समेत रहेका राजेन्द्र लिङ्देन निर्वाचित भएपछि राप्रपाप्रति मानिसहरूको आकर्षण बढेको छ ।

हिन्दु राज्य र राजसंस्था पुनर्स्थापनाको एजेन्डा लिएर अगाडि बढिरहेका अध्यक्ष लिङ्देन कोरोना महामारीलाई छिचोल्दै देशका विभिन्न भागमा पुगि पार्टीको काममा व्यस्त हुन्छन् ।

हजारौंलाई एकसाथ पार्टी प्रवेश र पार्टीको एजेन्डाबारे जानकारी गराउनु अध्यक्ष लिङ्देनको दिनचर्या बनेकाे छ । साेही क्रममः बुधबार (५ माघ) गृहजिल्ला झापा पुगेर अध्यक्ष लिङ्देनले विभिन्न पार्टी परित्याग गरेका ६९ जनालाई राप्रपामा स्वागत गरे ।

उनले भने,‘बाह्रदशी-१ को बरडाँडा र भागडुव्वाबाट आज पनि विभिन्न दल त्याग गरि ६९ जनाले राप्रपा प्रवेश गर्नु भएको छ । राप्रपा प्रवेश गर्ने सबैलाई हार्दिक स्वागत छ ।’

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस !