बैंकहरुमा प्रचण्ड र जर्नादनको चलखेल !

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौं – शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाएको भन्दै आएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मालदार मन्त्रालयहरु हातमा लिएर धमाधम लाभ लिन थालेको खुल्न थालेको छ ।

अर्थ मन्त्रालय माओवादीको भागमा पारेर प्रचण्डले शक्ति सञ्चयको मार्ग कोरिसकेका थिए । उनले जर्नादन शर्मामार्फत् आफ्नो प्रभाव बढाउने रणनीतिक योजनाहरु धमाधम कार्यान्वयन गर्न थालेका छन् ।

प्रचण्डले प्रहरीको एआइजी बढुवामा पनि भाग लिन अर्थ मन्त्रालयमार्फत् बार्गेनिङको बाटो बनाएका छन् । हरेक ठाउँ खोज्दै उद्योगी व्यवसायीलाई आफ्नो भर पर्न वाध्य पार्न थालेका छन् ।

उद्दोगी व्यापारी बालुवाटार भन्दा खुमलटारमा पहुँच बढाउन सक्रिय भइरहेका छन् । अर्थतन्त्रले राजनीतिलाई समेत निर्देशित गर्छ भन्ने कार्ल माक्र्सको सिद्धान्तको चुरो बुझेका प्रचण्डले यसकारण पनि अर्थमा आँखा लगाएका थिए ।

प्रचण्डको मन जित्न शर्माले अर्थ मन्त्रालयमा बसेर खेल्न सकिने ठाउँहरु खोज्दै खुमलटारमा जानकारी पुर्याइरहेका छन् । व्यवसायीहरुलाई छानेर ठेगान लगाउने र फाइदा दिलाउने गतिविधि गर्न थालेका छन् ।

पछिल्लो समय शर्माकै कारण देशमा सबैभन्दा ठूलो वाणिज्य बैंक बन्ने समझदारी भइसकेको पत्र खोस्टो बनाइएको छ । नेपाल इन्भेस्टमेन्ट बैंक र हिमालय बैंक मर्जर भई सबैभन्दा ठूलो वाणिज्य बैंक बन्न लागेको थियो ।

तर, प्रचण्डको निर्देशनअनुसार अर्थमन्त्री जर्नादन शर्माले खेल्दा रोकिएको छ । शर्माले सञ्चय कोष संस्थान मार्फत् खेलेर मर्जर नै भाँडिदिए । सञ्चयकोष संस्था हिमालयन बैंकको संस्थापक लगानीकर्ता हो । मर्जरको विपक्षमा जान अर्थमन्त्री जर्नादन शर्माले कामु प्रशासक जितेन्द्र धिताललाई ठाडो निर्देशन दिए ।

विश्वस्त स्रोतका अनुसार शर्माको निर्देशन अनुसार नै धिताल मर्जर प्रक्रियाबाट अलग हुने गरी कदम चाल्न वाध्य भए । विगतमा सञ्चय कोषका तत्कालीन प्रशासक तुलसी गौतमको पहलमा हिमालयन र इन्भेष्टमेन्टको मर्जरको एमओयू भएको थियो । गौतम हिमालयनका अध्यक्ष थिए भने पाण्डे इन्भेष्टमेन्ट बैंकका अध्यक्ष । दुवैले हस्ताक्षर समेत गरेका थिए ।

हिमालयनका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठले पनि अर्थमन्त्री शर्मालाई प्रभावित बनाए । प्रचण्डबहादुरले प्रचण्डसँग समेत पहुँच बनाएर प्रभावित पारेको बुझिएको छ । मर्जरपछि श्रेष्ठले आफ्नो शक्ति गुम्ने देखेर चलखेल गरे ।

हिमालयन बैंक मर्जरमा अवरोध बन्यो । यसमा सरकार परिवर्तन पनि कारण बन्यो । वैशाखमा मर्जरको समझदारीपत्रमा हस्ताक्षर हुँदा केपी शर्मा ओली प्रधानमन्त्री थिए ।

अर्थमन्त्री एमालेकै थिए । तर, शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि माओवादीको भागमा अर्थ मन्त्रालय गयो । अर्थमन्त्री जर्नादन शर्माले मर्जर रोक्न भित्री खेल खेलेको बुझिएको छ ।

मनोजबहादुर र प्रचण्डबहादुरले अर्थमन्त्री शर्मालाई प्रभावित पारेको पाण्डेले खुलेरै बोलिसकेका छन् । एफपीओको विषय उठाइयो । कर्मचारी सञ्चय कोषलाई अख्तियार लगाएर तर्साउने काम भएको पृथ्वीबहादुर पाण्डेले खुलाए ।

८० अर्ब पूँजीको बैंक बनाउने योजना अनुसार दुवै बैंक मर्जरको अन्तिम अवस्थामा पुगिसकेका थिए । २०७८ वैशाखमा मर्जरको समझदारीपत्रमा हस्ताक्षर समेत भएको थियो । नाम जुरेको थियो हिमालयन एण्ड इन्भेष्टमेन्ट ।

नेबिल बैंक सबैभन्दा ठूलो बैंक रहेकोमा उसलाई मर्जन हुन लागेको हिमालय एन्ड इन्भेष्टमेन्टले उछिन्ने भएको थियो । नेबिलले एनबी बैंकसँग मर्जरको प्रक्रिया बढाइहाल्यो । लगत्तै हिमालय र इन्भेष्टमेन्टको मर्जर रोकिनुलाई अर्थपूर्ण मानिएको छ ।

यसैगरी, हिमालयन बैंकले साधारणसभाबाट पातिर गरेको लाभांश सेयरधनीले नपाउने भएका छन् । शाखा कार्यालय खोल्न राष्ट्र बैंकले अनुमति नदिने भएको छ ।

राष्ट्र बैंकबाट पुनरकर्जा, एसएलएफलगायतका मौद्रिक उपकरणहरु प्रयोग गर्न पाउने छैन । गत वैशाखदेखि हिमालयन बैंकको दोस्रो बजारमा रोक्का रहेको सेयर कारोबार समेत फुकुवा नहुने भएको छ ।

लाभांस नपाउनेमा सञ्चयकोष संस्थापन पनि परेको छ । हिमालयन बैंकमा सञ्चयकोषको अरबौंको लगानी छ । १४.८७ स्वामित्व रहेको सञ्चयकोषले मर्जर रोकिएबाट लाभांश तीन वर्षसम्म नपाउने भएको छ ।

यसले कर्मचारीहरुको रकम रहेको सञ्चयकोषको हिमालयन बैंकमा रहेको लाभांश तीन वर्षसम्म रोकिनेछ । हिमालयन बैंकले अर्को बैंकसँग मर्जर गरेमात्र लाभांश खुल्नेछ ।

कारबाहीबाट बच्न हिमालय बैंकले अर्को बैंकसँग मर्जर गर्नुपर्छ । इन्भेष्टमेन्ट बैंकसँग मर्जर रोकेर अर्को बैंकसँग मर्जर बढ्ने सम्भावना पनि देखिएको छ । यसैमा ठूलै चलखेल भएको बुझिएको छ ।

मर्जर रोकिदा नेपाल इन्भेष्टमेन्ट बैंक पनि कारबाहीमा पर्ने भएको छ । हिमालय बैंकले मर्जर रोकेर इन्भेष्टमेन्ट बैंकलाई अप्ठ्यारोमा पारिदिएको छ । यसमा ठूलै राजनीतिक शक्ति लागेको देखिन्छ ।

३० प्रतिशतभन्दा स्वामित्व भएका सेयरधनी मर्जरको विपक्षमा मत हालेबाट रोकिएको हो । मनोजबहादुर र प्रचण्डबहादुरको गरेर त्यो प्रतिशत पुगेको छ । हिमालयनमा प्रचण्डबहादुर श्रेष्ठको २० प्रतिशत सेयर छ । ७५ प्रतिशत सेयर भएकाको मतबाट मात्र मर्जर पारित हुन्छ ।

श्रेष्ठले २० प्रतिशत मत आफूसँग रहेको र लगानीकर्ता सञ्चयकोषलाई समेत विरुद्ध उभ्याउन सकेबाट मर्जर प्रक्रिया रोक्न सफल भए । हिमालयनमा पाकिस्तानको हबिब बैंकको २० प्रतिशत स्वामित्व छ । हबिब नेपालबाट बाहिरिने तयारीमा छ ।

यस्तो छ हिमालयनमा स्वामित्व:
सेयर प्रतिशत
हबिब बैंकः २०
कर्मचारी सञ्चयकोषः १४.८७
एन ट्रेडिङ कम्पनी प्रालिः १२.७७
मुटुअल ट्रेडिङ कम्पनीः ११.८५
आभा इन्टरनेशनलः ११.३८
छायाँ इन्टरनेशनलः ८.९४
शशिकान्त अग्रवालः २.६५

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस !