२४ वर्षीया युवती जो एमाले जिल्ला कमिटी सदस्य बनिन् !

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौं । राजनीतिमा युवाको आकर्षक उपस्थिति बढिरहेका बेला नेकपा एमाले संखुवासभा जिल्ला कमिटी सदस्यमा २४ वर्षीया रेनु राई चयन भएकी छन् ।

एमाले संखुवासभाको आठौं जिल्ला अधिवेशनबाट नेतृत्वमा आएका ९८ जनामध्ये उनी सबैभन्दा कान्छो सदस्य हुन् । सिलिचोङ गाउँपालिका-५ की उनले अनेरास्ववियुको प्रारम्भिक कमिटीबाट राजनीति सुरू गरेकी थिइन् ।

गाउँ कमिटीमा सक्रिय राजनितीको मूल्यांकनस्वरूप रेनु जिल्ला कमिटीमा निर्वाचित भएकी एमालेका जिल्ला नेता विनोद सुब्बा गुरूङले बताए । उनी जनता कलेज इटहरीमा डिग्री पढ्दै छिन् ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस !