गठबन्धन सरकारलाई बास्कोटाको खुल्ला च्यालेन्ज: चुनाब घोषणा गरोस एमाले तम्तयार छ

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बाँस्कोटा बेला बेला विभिन्न कारणले चर्चामा आउने नेता हुन् । धेरैले उनलाई ७० करोड काण्ड देखि चिन्न थालेका हुन् ।

सामाजिक संजालमा निकै सक्रिय देखिने यी नेताले गरको एउटा पोस्ट भाइरल भैरहको छ । उनले उक्त पोस्ट मार्फत गठबन्धनलाई चुनौती दिएका छन् ।

नेता गोकुल बाँस्कोटाले पूर्व देखाएर पश्चिम हान्ने र चील आयो भनेर कुखुरा तान्ने कम्फरटेवल पार्टनरवाला सरकारले आम चुनाब घोषणा गरोस चुनाव लड्न एमाले तम्तयार भएर बसेको बताएका छन् ।

नेता बास्ँकोटाले सामाजिक सञ्जाल मार्फत पाँच गठवन्धनलाई पांच उपिंयाको गठबन्धन तोला न छटाकको संज्ञा समेत दिएका छन् । उनले भनेका छन् , हामी तीब्र प्रतीक्षा,स्वागत र पांच उपिंयाको गठबन्धन तोला न छटाकसंग एक्लै प्रतिष्पर्धा गर्न तम्तयार छौँ।’

निवार्चन आयोगले बैशाखमा नै स्थानीय तहको चुनाव गर्न प्रस्ताव गरेपछि यति बेला सत्ता गठवन्धनमा यस विषयमा छलफल चलिरहेको छ ।

‘फेरि भन्छु ’- पूर्व देखाएर पश्चिम हान्ने र चील आयो भनेर कुखुरा तान्ने कम्फरटेवल पार्टनरवाला सरकारले आम चुनाब घोषणा गरोस।हामी तीब्र प्रतीक्षा,स्वागत र पांच उपिंयाको गठबन्धन तोला न छटाकसंग एक्लै प्रतिष्पर्धा गर्न तम्तयार छौँ।’

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस !