देउवाले पठाए गृहजिल्लामा १२ सडकका लागि ३१ करोड

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

डडेल्धुरा – प्रधानमन्त्री शेर बहादुर देउवाले गृह जिल्ला डडेल्धुराकालागि एक दर्जन सडकमा डवल कटिङ्गका लागी रु. ३१ करोड रुपैयाँ विनियोजन गराएका छन् ।

पूर्व प्रधानमन्त्री केपि ओली नेतृत्वको सरकारले चालु आर्थिक वर्षमा पाँच वटा सडक निर्माणका लागी २४ करोड रकम विनियोजन गरेकाेमा देउवा प्रधानमन्त्री बने लगत्तै ओली नेतृत्वको सरकारले ल्याएकाे बजेट प्रतिस्थापन गरि कुल १२ वटा सडक निर्माणका लागी ३१ करोड रकम विनियोजन गराएका हुन् ।

सडक डिभिजन कार्यालय डोटीका ईञ्जिनियर योगेन्द्र अधिकारीका अनुसार सात मिटर चौडा भएका सडक कटिङ्ग गर्न साे रकम विनियोजन भएको हाे ।

विनियाेजित रकम अनुसार कटिङ्ग हुने सडकहरुमा बुडर–जोगबुडा–दैजी सडकका लागी ६ करोड, बुडर–नायल–बैंक सडक २ करोड, जोगबुडा–शिर्ष– रुपाल सडक २ करोड, गैरा–गाङ्खेत सडक २ करोड, शाहुखर्क–काफली–उणिकोट सडक २ करोड, भातकाँडा–बडाल–रेल सडक ३ करोड, उग्रतारा–आईत सडक २ करोड, बगरकोट–पसेला–चिपुर सडक २ करोड, बगरकोट–सिराड–रुपाल सडक ३ करोड, अनारखोली–ठाँटा–चामा–गजेला सडक २ करोड, पोखरा–बेलापुर–ढुङ्गाड सडक ३ करोड र चमडा–कोईराली–सुँगरखाल सडकमा २ करोड गरी ३१ करोड रकम विनियोजन भएको छ ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस !