CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )
काठमाडौं – संघीय सरकारको महत्वपूर्ण मन्त्रालय सम्हालिरहेकी भौतिक पूर्वाधार मन्त्री तथा जनता समाजवादी पार्टीकी नेता रेणु यादवले हिंसा भड्काउने आपत्तिजनक अभिव्यक्ति दिएकी छन् ।
मधेश बलिदान दिवसका अवसरमा बुधबार रौतहटको गौरमा आयोजित कार्यक्रममा जनमत पार्टीका अध्यक्ष सीके राउतप्रति आ’क्रो’शि’त बनेकी यादवले अर्को गौर नरसंहार मच्चाउने चेतावनी दिएकी हुन् । बहालवाला मन्त्रीले नरसंहार मच्चाउने र एउटा पार्टीको अध्यक्षको हत्या गर्ने खुलेआम ध’म्की दिनु सामान्य घ’ट’ना होइन ।
मन्त्री यादवकै पार्टी तत्कालीन मधेशी जनअधिकार फोरमले रौतहटको गौरमा २०६३ सालमा भा”ला रो”पेर २७ जना माओवादी कार्यकर्ताको सामूहिक ह”त्या गरेका थिए ।
सो नरसंहारलाई गौरवका रूपमा स्मरण गर्दै मन्त्री यादवले सीके राउतले फणा उठाएमा त्यही हालत हुने चेतावनी दिएको भिडिओ अहिले भाइरल भएको छ ।
हिन्दीमा भाषण गर्दै मन्त्री यादवले तफुानसँग टकराउने कोसिस गरेमा सीके राउत पनि मा”रिन सक्ने आपत्तिजनक अभिव्यक्ति दिएकी छन् ।
उनले भनेकी छन् : राइस मिल अहिले पनि जिवित छ । गौरमा फ”णा देखाउने प्रयास नगर । यहाँ लाठी भाँच्न मानिसले जानेका छन् । तुफानसँग टकराउने प्रयास नगरे हुन्छ ।
यो गौर ऐतिहासिक जिल्ला हो । बलिदानी दिवसमा हिं’सा गर्नु छैन, आज हामी बलिदानी दिवस मनाउन आएका छौं, भोलि म यहाँको सडकको अवस्था अवलोकन गर्नेछु ।
‘ तुफानसँग टकराउने प्रयास गर्यो भने त्यही हालत हुन्छ जुन गौरको राइस मिलमा भएका थियो । त्यो इतिहास डाक्टर साब ९सिके राउत० ले नभुलुन् । नत्र तपाईंका कार्यकर्ता मा”रिन्छन्, तपाईंले पनि घेराबन्दी गरेर मा”रिदिन्छन् । ह”त्या हुन्छ, सतर्क रहनुस् ।’
डाक्टरसाबलाई म चेतावनी दिन्छु, यदि कलेजोमा ताकत छ, गाई भैंसीको दूध खाएको छ भने सिंहदरबारमा गएर घेराउन गर्नुस् । तर, जसको नसमा गाई र भैँसीको दूधको रगत बगेको छ यसलाई फासफुस कहिल्यै पनि हुँदैन, लड्ने प्रयास नगर्दा बेस हुन्छ ।
रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई reelmanduofficial@gmail.com मा पठाउनु होला।