CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )
काठमाडौं – नेकपा (एमाले) का उपमहासचिव विष्णु रिमालले एमाले त हार्ने पार्टी नै नभएको स्पष्ट पारेका छन् । उनले एमालेले हार्दापनि जित्ने र जित्दा त यसै जित्ने नै टिप्पणी गरे ।
हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
उनले आफूहरु चुनावको लागि हतारिनुको कारण भनेको लोकतन्त्र तलमाथि नपरोस भन्ने नै रहेको जिकिर गरे । उनले आफूहरु संविधान र कानूनलाई उल्लंघन गर्ने पक्षमा नरहेको जिकिर गर्दै तोकिएकै समयमा निर्वाचन गर्नुपर्नेमा जोड दिए ।
उनले सत्ता गठबन्धनले चुनाव हार्ने पनि दाबी गरे । सरकारले सही तवरले काम गर्न नसकेको उनको आरोप छ । उनले जनताले यो सरकारको चालामाला बुझिसकेको सुनाए ।
उनले अबको चुनावमा जनताले हिसाबकिताब गर्ने पनि बताए । उनले अहिलेको सत्तारुढ गठबन्धनले आफूअनुकुल कुरा गरिरहेको सुनाए ।
रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई reelmanduofficial@gmail.com मा पठाउनु होला।