समिक्षा जी “सुकेको ‘गुहु’ घरिघरी कोट्याउदा चाहि नमजाले गनाउछ है”

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौँ । गायिका समिक्षा अधिकारीले आफ्नो आधिकारिक फेसबुक मार्फत आफ्नो पुरानो स्टाटस सेयर गर्दै चेतावनी दिएकी छिन। उनले चेतावनी कसलाई दिएकी हुन् त्यो भने खुलाएकी छैनन्। तर, पुरानो स्टाटसलाइ आधार मान्ने हो भने घुमाउरो तरिकाले मोडल तथा नायक पल शाहलाई हो कि जस्तो देखिन्छ।

केहि समय अगाडी मोडल तथा नायक पल शाह र गायिका समिक्षा अधिकारी बीच अफेयरको हल्ला चलेपछि उनले एउटा लामो स्टाटस लेख्दै अफवाह नफ़ैलाउन भन्दै मिडियामाथि नै खनिएकी थिइन्।

अहिले फेरी त्यहि पुरानो कुरालाई उनले कोट्याउदै उक्त स्टाटस यथार्थ भन्दा धेरै टाडा रहेको र अव यसको सत्यता खुलाउने समय आएको भन्दै चेतावनी दिने खालको स्टाटस लेखेकी छिन।

उनले लेख्छिन ‘‘म लामो केहि भन्दिन्, 24 OCT 2021 मा मेरो फेसबुक वालमा लेखिएको यो स्टाटस वास्तविकता भन्दा धेरै टाढा छ।जुन कसैको अनुनयमा लेखेको थिए। अब समय आउदैछ, यथार्थ खुलाउनेछु।” र बाकि पुरानो स्टाटस फोटोमा हेर्नुहोला।

यस स्टाटसलाई आधार मान्ने हो भने समिक्षा र पल शाहको प्रेम रहेको र अहिले ब्रेकअप हुने स्थितिमा आइपुगेकाले पहिला मिडियामा आएका कुराहरु नै सत्य हुन् र उनले लेखेको स्टाटस कसैले लेख्न भनेर लेखेको जुन असत्य हो भन्ने देखिन्छ।

माथि हामीले भनेका कुराहरु हाम्रो अनुमान मात्र हो जुन नमिल्न नि सक्छ। तर, प्रष्टहुने गरि कुरा बाहिर ल्याएको भए संखाको सुई कतै पनि घुम्दैन थियो। र अर्को कुरा पहिला नै प्रेम थियो भने मिडिया माथि खनिएर ढाकछोप गर्न जरुरी नै थिएन। यदि गुपचुप मै प्रेम थियो भने यी कुराहरु बाहिर ल्याउन पनि जरुरी थिएन।

खैर, वास्तविकता के हो ? त्यो त ढिलो चाडो समय आएपछि थाहा हुने नै छ। तर, समिक्षा जी सुकेको ‘गुहु’ घरिघरी कोट्याउदा चाहि नमजाले गनाउछ है। समयमै वास्तविकता ल्याउनु होला। यस स्टाटसले नायक पल शाहलाई कति असर पर्ने हो त्यो नि समयको हातमा छाड्दिउ।

यदि दर्शक तपाईहरु दोहोरी हेर्न धेरै मन पराउनुहुन्छ भने तलको भिडियो हेर्नुहोला। सानो भाई र सानी बहिनीको अहिलेसम्मकै कडा दोहोरीको भिडियो हेरेर प्रतिक्रिया दिनुहोला।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस !