प्रचण्डले ल्याइदिए राजनीतिकमा नयाँ तरंग, के गरे त्यस्तो ?

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाण्डौ- पूर्व प्रधानमन्त्री समेत रहेका सत्तारुढ गठबन्धनको प्रमुख दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेले वर्तमान समयमा संसद अवरोध गरिरहदाँ नयाँ तुरुप फालेका छन् ।

उनले प्रतिनिधि सभाको निर्वाचनको प्रस्ताव गरेर राजनीतिक तरंग ल्याइदिएका हुन् । आवधिक चुनावमा जोड दिने प्रचण्डले वैशाखमा चुनावको प्रस्ताव गर्नुलाई धेरैले महत्वका साथ हेरेका छन् ।

प्रचण्डले चुनावको प्रस्ताव गरेर पछिल्लो समय उठिरहेका विभिन्न मुद्दाहरुलाई नै ओझेलमा पार्न खोजेको देखिदैछ । विशेषगरी अमेरिकी सहयोगसम्बन्धी एमसीसी संसदमा निर्णयका लागि अगाडि बढ्ने चर्चा थियो ।

चुनाव वैशाखमा गर्ने उनको प्रस्तावले एमसीसी छल्ने रणनीति बनाउन खोज्दैछ । प्रचण्ड एमसीसीको विपक्षमा छन् भने प्रधानमन्त्री शेरबहादुर देउवा पक्षमा छन् ।

एमसीसीको मुद्दाले सत्ता गठबन्धन टुट्न सक्छ । वैशाखमा चुनाव गर्ने गरी बढ्दा एमसीसी पनि रोकिने र गठबन्धन पनि नटुट्ने अवस्था बन्न सक्छ । वैशाखमा चुनाव गर्दा पाँच दलीय सत्ता गठबन्धनबीच चुनावी गठबन्धन बन्ने सम्भावना पनि बन्नसक्छ ।

नबनेपनि पूर्वमाओवादी र माधवकुमार नेपालसमेतलाई मिलाएर सफलता हासिल गर्न सकिने प्रचण्डको बुझाई देखिन्छ । उनले त्यसको भित्री तयारी पूरा गरिसकेका छन् । प्रचण्ड र माधव नेपाल गठबन्धन बनाएरै चुनावमा जाने निश्चितप्रायः छ ।

स्थानीय निकायको जनप्रतिनिधिको कार्यकाल ५ जेठमा सकिन्छ । कार्यकाल सकिन लागेका जनप्रतिनिधिलाई कर्मचारीले पनि टेर्न छाड्छन् । जनप्रतिनिधिमा बढी एमालेका छन् ।

त्यतिबेलासम्म स्थानीय तहमा एमालेको प्रभाव कम भइसक्ने आँकलन प्रचण्डले गरेको देखिन्छ । जसका कारण चुनावी लाभ लिन सक्ने दाउमा प्रचण्ड छन् ।

एमालेभित्र असन्तुष्ट भीम रावललगायतका नेताहरुलाई पनि साथमा लिन सकिने गरी प्रचण्डको तयारी देखिन्छ । एमसीसी विरोधी भएकाले रावल पनि प्रचण्डको नजिक जाने सम्भावना उत्तिकै छ ।

एमालेमा पहिरो ल्याएर प्रचण्डले अभूतपूर्व लाभ लिन खोजिरहेका छन् । वैशाखमा चुनावमा जान सके ओलीविरुद्ध मुख फोर्न नसकेका असन्तुष्टहरु प्रचण्ड र माधव नेपालको गठबन्धनमा पुग्न सक्छन् ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस !