CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )
काठमाण्डौ- नेकपा एमाले परित्याग गरी सयौं नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका छन् । इलामको सुर्योदय नगरपालिका वडा नम्बर ४ र ५ मा १०० परिवारका ४०० जनाले नेकपा एमाले तथा माओबादी पाटी परित्याग गरेर कांग्रेसमा प्रबेश गरेका हुन् ।
नव प्रबेशिहरुलाई कांग्रेस इलाम सभापति तथा समासेबी डम्बर बहादुर खड्काले उनीहरुलाई साधारण सदस्यतासहित खादा ओढाएर पार्टीमा स्वागत गरेका हुन् ।
पुर्व प्रधानमन्त्रि झलनाथ खनालको क्षेत्र समेत रहेको सुर्योदय नगरपालिका वडा ४ मा ८० घरपरिवारले नेकपा एमाले र माओबादी लगायतका पाटी परित्याग गरी काँग्रेस रोजेका छन प्रवेश गर्नेहरु अधिकाश नेकपा एमालेका संगठीत सदस्यहरु कांग्रेसमा प्रवेश गरेका छन् ।
नव प्रवेशीहरुमा राम बहादुर राई, सन्दिप राई डिल्ली बहादुर घले,लिला बहादुर घले, प्रताप राई, चन्द राई, सन्तोश घले, शोभा राई, बिष्णु बराल बलाराम रिजाल, देवीका बराल, रन्जु रिजाल बुद्ध लाप्चा, सविना घले, बिष्णु घले, सावित्रा घले,अमृता लाप्चा,योगेश घले , देवी प्रसाद तिमल्सिना, पुजन अर्याल र एकराज घलेले कांग्रेस रोजेका हुन् ।
यसरी नै वडा नम्बर ५ समालबुङमा २० घरपरिवार नेकपा एमाले परित्याग गरि काँग्रेस प्रवेश गरेका छन्। कांग्रेस प्रवेश गर्नेहरुमा उदय लिम्बू, सुनिता लिम्बू ,सिलाश लिम्बू , सागर बिक, आशिष बिक, सन्तोष कंडेल, राम बहादुर खड्का, ललिता लिम्बू नेकपा एमालेको र माओबादीका संगठीत लगायत एमालेका साधारण सदस्यहरु लगायत लामो समयसम्म एमालेमा सकृय रुपमा काम गरेकाहरु कांग्रेस प्रवेश गरेका छन्।
कार्यक्रममा सुर्योदय नगरपालिका वडा नम्बर ४ का सभापति उमेशकाजी लेप्चाको सभापतित्वमा सम्पन्न कार्यक्रममा महासमिती सदस्य श्याम खड्की, जिल्ला सदस्य भिष्म प्रधान, सन्दिप कुमार बुढाथोकी, दिपक त्रिखत्री, सोनाम छिरङ काजी महाधिवेशन प्रतिनिधि धन कुमार आले, प्रदेश ख सभापति निश्चल राई, क्षेत्रीय सचिव यमन लामा लगायतको उपस्थिति रहेको थियो ।
उक्त पाटी प्रवेश कार्यक्रममा नव प्रवेशीहरुले बोल्दै नेपाल कम्युनिष्ट पाटीमा लामो समय सम्म काम गर्दा जनतालाइ ढाँटने मात्र काम गरेका बिकाश निमार्ण र रोजगारी चुनाव ताका मात्र दिन्छु भन्ने अरु बेला सुख दुखमा साथ नदिएको बहुमतको सरकार समेत आपसी बिबादले चलाउन नसककेो र देश र जनताको आशा र बिश्वास नेपाली काँग्रेसमा भएको हुँदा काँग्रेस प्रवेश गरेक बताए ।
कार्यक्रमा प्रमुख अतिथि नेपाली काँग्रेस जिल्ला सभापति डम्बर बहादुर खडकाले नेपाली जनताको हक हित, बिकाश र स्वतन्त्रताका लागी अब नेपालमा नेपाली काँग्रेसमा मात्र सुनिश्चितता रहेको बताए ।
क्षेत्रमा बिकासमा पिछडिएका जनतालाइ सकेको सहयोग गर्ने बताउदै प्रत्येक क्रियाशील सदस्यले कम्तीमा दुइजना नयाँ व्यक्तिलाई पार्टी प्रवेश गराउन सके मात्र पाटीको लक्ष्य पुरा हुने खडकाले बताए ।
रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई reelmanduofficial@gmail.com मा पठाउनु होला।