CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौं – प’क्रा’उ परेका नेकपा एकीकृत समाजवादीका सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष नरबहादुर श्रेष्ठले बजारको डिमान्डअनुसार नै आफूले यस्तो काम गरेको बताएका छन् ।

बजारको डिमान्ड अनुनसार नै गुणस्तरहीन मह बनाएको उनले प्रष्टीकरण दिएका छन् । नरेशले ४० प्रतिशत मह, ३० प्रतिशत चिनी र ३० प्रतिशत ग्लुकोज मिसाएर मह उत्पादन गर्ने गरेको बताएको महानगरीय प्रहरी अ’प’राध महाशाखाले जनाएको छ ।

बजारमा यस्तै महको डिमान्ड र ग्राहकले खरिद गर्न सक्नेस्तरको रहेकोले सबै उ’त्पादकले यसरी नै मह तयार गर्ने गगिरएको हिरासतमा रहेका नरेशले बताएका प्रहरीको भनाइ छ ।

बिहीबार काठमाडौँको ज्याँठास्थित नरेशले सन्चालन गर्दै आएको मह कारखानामा छापा मार्दै ७५ सय लिटर तयारी मह र त्यसको कच्चा पदार्थसहित महाशाखाको टोलीले उनलाई पक्राउ गरेको हो ।

श्रेष्ठले माटोको घरको भुँइ तलामा कारखाना चलाउँदै आएका थिए। त्यहाँबाट प्रहरीले मह बनाउन प्रयोग हुने मेसिन र कच्चा पदार्थहरु राखिएका भाँडाहरु बरामद् गरेको छ।

यसैगरी चमतीमा नरेशले बनाएको गोदाममा पनि प्रहरीले छापा मारेर तयारी मह नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार त्यसरी उत्पादन भएको मह ‘स्पर्श ब्रान्ड’को नामबाट बजारमा पठाइने गरिएको थियो।

श्रेष्ठको कम्पनी समेत कतै दर्ता नभएको प्रहरीको दाबी छ । महका लागि आवश्यक पर्ने चाका भने श्रेष्ठले चितवनबाट ल्याउने गरेको बताएका छन्।

श्रेष्ठले आफ्नै घरमा अखाद्य वस्तुको संयोजन गरी नक्कली मह उत्पादन गर्ने र स्पर्श ब्रान्डको नामबाट बजारमा बिक्री गर्ने गरेको खुलेको छ ।

सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका वडा नम्बर ५ का श्रेष्ठले आफू र श्रीमती रस्मिला श्रेष्ठको नाममा नतिजा प्याकेजिङ कम्पनी सन्चालन गरी गुणस्तरहीन मह बनाई विक्री वितरण गर्दै आएको प्रहरीले जनाएको छ ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।