केपी ओलीलाई फकाउन देउवाले मध्यराती चालेको नयाँ चाल !

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई फकाउन नयाँ चाल चालेका छन् । अध्यादेश ल्याएर पार्टी फुटाइदिएको भन्दै नेकपा एमालेले संसद अबरुद्ध गरिरहेको छ ।

संसदको गतिरोध अन्त्य गर्नका लागि देउवा सर्वदलीय बैठक बोलाएका छन् । यो बैठक ओली फकाउने रणनीतिका रुपमा बुझिएको छ ।

शनिबार बिहान साढे ९ बजेका लागि बोलाइएको बैठकमा स्थानीय तहको निर्वाचनको विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकपछि देउवाले सर्वदलीय बैठक बोलाएका हुन् । प्रमुख प्रतिपक्ष दल एमालेले भने यसअघिको सर्वदलीय बैठक बहिस्कार गरेको थियो । एमालेले शनिबार के गर्छ भन्नेबारे जानकारी दिइएको छैन ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस !