नयाँ दल दर्ता गर्दै भीम रावल र घनश्याम भुसाल, तर किन ?

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेमा अबको केही दिनमै ठूलो पहिरो जाने निश्चित भएको छ । लामो समय माधव कुमार नेपाल क्याम्पमा रहेका तर पार्टी विभाजनताका एमालेमै बसेकाहरुले नयाँ दल दर्ताको तयारी गरेको स्रोतले जनाएको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले व्यवहार परिवर्तन नगरेको र आफूहरुको राजनीतिक भविश्य समाप्त हुन खोजेको निष्कर्ष निकालेका उनीहरुले नयाँ दल दर्ता गरेर नयाँ ढंगको राजनीति सुरु गर्न खोजेका हुन् ।

नयाँ पार्टीको नेतृत्वमा घनश्याम भुसाल, भीम रावललगायत नेताहरु रहनेछन् । नयाँ पार्टी दर्ताका लागि आवश्यक तयारीहरु भइरहेको र अबको केही दिनमै निर्वाचन आयोगमा गएर दल दर्ता गर्ने उनीहरुको तयारी छ ।

भीम रावल नेकपा एमालेको १० औँ महाधिवेशनमा अध्यक्षका उम्मेदवार दिए । तर उनी अध्यक्ष केपी शर्मा ओलीसँग पराजित भए । पदाधिकारीमा पराजित भएकाहरु स्वतः केन्द्रीय सदस्य बन्न पाउने प्रावधान रहेको भए पनि पनि रावलले केन्द्रीय सदस्य पद अस्वीकार गरे ।

यस्तै नेता घनश्याम भुसाल पनि पदाधिकारीमा उम्मेदवार भएर पराजित भएका हुन् । उनले भने केन्द्रीय सदस्य स्वीकार गरेका छन् । केही दिनअघि घनश्याम भुसाल र भीम रावलले नेकपा एमाले छाड्न खोजेको चर्चा चुलिएको थियो । स्रोतका अनुसार उनीहरुले नेकपा एमाले त्यागेर नयाँ दल दर्ता गर्न लागेका हुन् ।

पार्टी विभाजन नहुँदा लामो समयसम्म नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालको साथमा रहेका नेता रावलले केही रणनीतिसहित एमालेमा बसेका थिए ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको चर्को आलोचकको रुपमा रहेका रावल नै माधव नेपालको साथ छाडेर एमालेमै बस्नुलाई त्यतिबेला नै रहस्यको रुपमा हेरिएको थियो । नयाँ पार्टी दर्ता गर्नकै लागि उनी एमालेका कुनै पनि कमिटीमा नबसेका एमालेकै नेताहरुको आरोप छ ।

१० औँ महाधिवेशनमा आफूले एमाले अध्यक्षमा विजयी हाँसिल गरेमा माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीलाई पनि एमालेमै समाहित गर्ने रावलको रणनीति थियो । त्यसै रणनीतिअनुसार नै भीम रावललगायत नेताहरु एमालेमै बसेकासमेत चर्चा भइरहेको छ ।

पहिले माधव नेपाल क्याम्पमा रहेका सचिव योगेश भट्टराईहरुले भने भीम रावल र घनश्याम भुसालहरुलाई साथ नदिने बुझिएको छ । उनी केपी ओलीको समर्थनमा खुलेरै अघि बढिसकेका छन् ।

यस्तै अष्टलक्षमी शाक्यलगायत प्रभावशाली नेताहरु पनि नयाँ पार्टीमा जानेबारे निर्णय गर्न सकिरहेका छैनन् । यसअघि शाक्य र रावल, भुसालहरु एउटै क्याम्पमा रहेका थिए ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस !