नेकपा(एस)को क्रेज बढ्दो: एमाले र कांग्रेसका नेता-कार्यकर्ता नेकपा(एस)मा प्रवेश !

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौं । रामेछापको विभिन्न स्थानहरुमा माधव कुमार नेपालको पार्टी नेकपा(एस)को क्रेज देखिएको छ । विभिन्न पार्टी परित्याग गरी नेकपा(एस) प्रवेश गर्नेको लर्को लागेको हो ।

नेकपा एमाले र नेपाली कांग्रेस पार्टी परित्याग गरि नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्ने रामेछापका युवाहरुलाई अध्यक्ष माधवकुमार नेपालले स्वागत गरेका छन् ।

रामेछापका खाँडादेवी गाउँपालिकाका कांग्रेस कार्यकर्ता मेखबहादुर श्रेष्ठ शनिवार एक कार्यक्रमबीच नेकपा एसमा प्रवेश गरेका छन् । त्यस्तै शुक्रबार एमाले र कांग्रेसका करिब एक दर्जन जिल्लास्तरका कार्यकर्ता प्रवेश गरेका थिए ।

प्रवेश गर्नेमा खाँडादेवी-५ का कष्ण श्रेष्ठ,सुजन श्रेष्ठ, दलवहादुर श्रेष्ठ, श्याम श्रेष्ठ, सागर पौडेल, सुदिप सिलवाल लगायत रहेको नेकपा एसका जिल्ला सहइन्चार्ज होम बुढाथोकीले बताए ।

वडा नम्बर ५ बाटमात्रै कांग्रेस र एमालेबाट ठूलो संख्यामा विद्रोह गरेर कार्यकर्ता नेकपा एसमा प्रवेश गरेको बुढाथोकीले बताए । उनले जिल्लाभर नेकपा एसमा विभिन्न पाटीमा आवद्ध र स्वतन्त्र युवाहरुको प्रवेश चलिरहेको दाबी गरे ।

पार्टी प्रवेश कार्यक्रममा जिल्ला इन्चार्ज तथा पोलिटव्युरो सदस्य देवशंकर पौडेल,अनेरास्ववियुकी महासचिव आरती लामा,नेता विजय गुरुङ,रमेशबाबु श्रेष्ठ लगायतले नवप्रवेशीलाई स्वागत गरेका थिए ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस !