मलयालम चलचित्र ‘थिरिमाली’मा अभिनेत्री स्वस्तिमा खड्काको आइटम नृत्य

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौं – मलयालम चलचित्र ‘थिरिमाली’मा अभिनेत्री स्वस्तिमा खड्काले आइटम नृत्य गरेपछि यो चलचित्रलाई लिएर नेपाली दर्शक पनि उत्साहित छन् ।

निर्माणपक्षले यसको आइटम गीत सार्वजनिक गरेको छ, जहाँ स्वस्तिमाको बोल्ड नृत्य हेर्न सकिन्छ । ‘रंग विरंगी रात फिरंगी’ बोलको गीतमा स्वस्तिमाको आइटमले दर्शकको मन जितिरहेको छ ।

सार्वजनिक भएको २४ घन्टा नबित्दै यो गीतले युट्युबमा ५ लाख बढी भ्युज पाइसकेको छ । मलयालम भाषामा निर्माण गरिएतापनि यो गीत भने हिन्दी भाषामा तयार पारिएको छ ।

बिजीपालको संगीत, तनिष्क नम्बरको शब्द रहेको गीतमा सुनिधि चौहानको स्वर छ । नेपाल घुम्न आएका चलचित्रका मुख्य पात्रहरु स्वस्तिमाको आइटम नृत्य हेर्न डान्स क्लबमा पुगेको देखाइएको छ ।

राजीव सेठ्ठीको निर्देशन रहेको यो चलचित्रमा नेपालका पोखरा, काठमाडौं र लुक्लाका रमणीय स्थान हेर्न  सकिन्छ । यो चलचित्रले तीन जना पात्रको कथालाई पर्दामा उतारेको छ ।

मलयालम चलचित्रमा नेपाली कलाकारहरु माओेत्से गुरुङ र उमेश तामाङको पनि अभिनय हेर्न सकिन्छ ।
रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।
सेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस !