योगेश भट्टराईको राजनीति सकिएकै हो त ?

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौं – नेकपा एमालेका सचिव एबम् पूर्व सँस्कृती, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराई राजनीतिक जीवनकै संकटपूर्ण घडिमा रहेको विश्लेषण सुरु भएको छ ।

बतास समूहले नारायणहिटी दरबार संग्रालय भित्रै रेस्टुरेन्ट संचालन गर्न खोजेको प्रकरण बाहिरिएपछि पूर्वमन्त्री भट्टराई त्यसमा मुछिए । अहिले सर्वत्र उनको ओलोचना भइरहेको छ भने हालका मन्त्री प्रेम आलेलाई एक्सन मन्त्री भन्दै उनको हाइहाई भइरहेको छ ।

गम्भिर आरोपमा मुछिए पनि गृहजिल्ला ताप्लेजुङमा रहेका भट्टराई काठमाडौँ आएर बतास समूहलाई नारायणहिटी बुझाउँनुमा आफ्नो कुनै संलग्नता नभएको प्रष्टिकरण दिइरहेका छन् तर उनको प्रष्टीकरण पत्याउँने पक्षमा दुनिँया देखिएको छैन ।

पूर्वमन्त्री भट्टराईले आफ्नै पार्टी नेकपा एमाले भित्रै बाटै पनि दरिलो साथ पाउँन सकेका छैनन् । कुनै बेला एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्रीको पदमै रहेका बेला ओलीलाई केटा हो की केटी हो भनेर छुद्र टिप्पणी गरेका भट्टराईलाई एमाले कार्यकर्ताले खुलेर बोक्न नसकेको देखिन्छ ।

बताससँग जोडिएर भट्टराईले निकै हतासपुर्ण अभिव्यक्ति दिइरहेका छन् । वर्तमान मन्त्री प्रेम आलेलाई काठ तस्करको आरोप लगाउँदै उनले आफू पञ्चायत विरुद्ध लडेर आएको र आलेसँग आफ्नो तुलनानै हुन नसक्ने लगायतका तर्क गरिरहेका छन् ।

पञ्यायत विरुद्ध लडेको भनेर डकैती गर्ने लाइसेन्स योगेशले नपाएको भन्दै मन्त्री आलेले ठाडै जवाफ फर्काएका छन् । पूर्वमन्त्री भट्टराई र वर्तमान मन्त्री प्रेम आलेले एकअर्का विरुद्ध निकै तल्लो स्तरमा गालीगलौजकै शैलीमा प्रस्तुत भइरहेका छन् ।

बतासलाई नारायणहिटी छिराउँन आफ्नो कुनै संलग्नता नभएको दाबी भट्टराईले गरिरहे पनि बतास समूहकै इन्ट्रेस्टमा भेषनारण दहाललाई तत्कालिन मन्त्री योगेशले विना प्रतिष्पर्धा नारायणहिटी दरबार संग्राहलयको कार्यकारी निर्देशक बनाएको दाबी आलेले गरेका छन् ।

मन्त्री आलेले योगेश भट्टराई बतास अर्गनाइजेसनको अनसिन बिजनेस पार्टनर भएको पनी आशंका गरेका छन् । भट्टराईले बतास अर्गनाइसनकै डिजाइनमा भेषनारायण दहाललाई नारायणहिटी दरबार संग्रालयको कार्यकारी निर्देशक बनाएको, बतास अर्गनाइजेसनकै सिइओलाई नेपाल वायु सेवा निगमको महाप्रवन्धक बनाएको, बतासकै मान्छे धनन्जय रेग्मीलाई पर्यटन बोर्डको सिइओ बनाएको लगायतका आरोप आलेले लगाएका छन् ।

बतास र योगेशको अनसिन विजनेस पार्टनरसिपकै आशंका गर्दै मन्त्री ओलेले अरु पनि थप अनुसन्धान भइरहेको र कारबाही गरेरै छोड्ने बताएका छन् ।

निकै आक्रामक रुपमा अघि बढेका मन्त्री आलेले भट्टराईलाई पनि कारबाही गरेरै छोड्ने बताएका छन् । उनले यो त कास्टीङ मात्रै भएको र फिल्म अब देखाउँने सम्मको चेतावनी दिइसकेका छन् ।

जती सुकै उच्च ओहदाको होस दोषी छ भने कारबाही गरेरै छोड्ने मुडमा मन्त्री आलेले देखिन्छन् । आलेको मुड विश्लेषण गर्दा उनी योगेशलाई कारबाही गरि छोड्ने स्पीरीटमा देखिएका छन् । सार्वजनिक संचार माध्यमबाटै आफु माथी काठ तस्करको आरोप लागे पछि आले झन् उग्र भएका छन् ।

भट्टराईले काठ तस्कर भने पछि आलेले भट्टराईलाई हतियार तस्करको आरोप लगाएका छन् । भट्टराईले माओवादी द्धन्द्धको समयमा खरखजना तस्करी गरेर काठमाडौँमा घर बनाएको सम्मको आरोप ओलेले लगाएका छन् ।

यो लेभलको आरोप पत्यारोपमा उनीहरुको सम्बन्ध पुगेको छ । चौतर्फी आलोचनाको सिकार भइरहेका एमाले सचिव एवं पूर्वमन्त्री भट्टराईको राजनीतिक भविश्यनै संकटमा परेको विश्लेषण सुरु भएको छ ।

पर्यटन मन्त्री नियुक्ती भएको दिन निकै वाहवाही र चर्चा कमाएका भट्टराई त्यहि मन्त्री पदमा हुँदा गरेका कामका काराण राजनीतिक भविश्यनै खरानी बन्ने अवस्था सम्म पुगेको विश्लेषण हुन थालेको छ ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस !