प्रचण्ड र माधवमाथि नेताकार्यकर्ताले नै उठाए प्रश्न, यस्तो छ कारण

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौं- नेकपा एकीकृत समाजवादी पार्टीका अधयक्ष माधव कुमार नेपाल र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि नैतिकताको गम्भीर प्रश्न उठेको छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उक्त प्रश्न उठाएका हुन् । प्रचण्ड नेपालको नैतिकतामाथि उनीहरुकै पार्टीका नेताकार्यकर्ताले प्रश्न उठाउन थालेका छन् ।

ओलीले पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालले सार्वजनिक रूपमा माफी माग्नुपर्ने बताएका छन् । अग्रगमन र प्रतिगमनको डम्फा बजाएर हिँडेकाहरूले नै अर्ली इलेक्सनको प्रस्ताव गरेको भन्दै ओलीले यस्तो बताएका हुन् ।

अध्यक्ष ओलीले स्थानीय तह निर्वाचनअघि संसदको निर्वाचन गर्ने भनेर सत्ता पक्षबाट फालिएको कार्ड चुनाव नगर्ने गलत नियत भन्दै आफू जहिले निर्वाचन भए पनि सामना गर्न तयार रहेको प्रष्ट पारेका छन् ।

एमाले अध्यक्ष ओलीले प्रेस विज्ञप्ति जारी गर्दै आफूले ताजा जनादेशको माग गर्दा प्रतिगमन भन्नेहरुले कुन मुखले अर्ली इलेक्सनको कुरा गर्दैछन् भन्ने प्रश्न उठाएका छन् ।

गठबन्धनका नेता प्रचण्ड र माधव नेपालले एमालेले संसद चल्न नदिएको भन्दै बैशाखमै संसदीय चुनाव गर्ने प्रस्ताव राखेकोमा उनले यस्तो प्रश्न गरेका हुन् ।

ओलीले भनेका छन्ः गत वर्ष हामीले ताजा जनादेशको माग गर्दा हामीमाथि अनेकौं प्रहार गरिए । जनताको बीचमा जानुलाई ‘प्रतिगमन’ र जनादेशविपरीत जस्केलाबाट सरकार बनाउनुलाई ‘अग्रगमन’ भन्ने भाष्य निर्माण गरियो ।

प्रतिनिधिसभाको कार्यकाल पाँच वर्ष नै हुनुपर्छ भन्ने तर्क गर्दै यसको पुनःस्थापनालाई ‘संविधानको जीत’का रुपमा व्याख्या गर्ने नेताहरु आज कुन नैतिकता, कुन तर्क र कुन आधारमा ‘अर्ली इलेक्सन’ को कुरा गर्दैछन्।

यसो गर्नुअघि उनीहरुले गत वर्ष सडक आन्दोलनका नाममा प्रदर्शन गरेको अराजकताका लागि जनतासँग क्षमायाचना गर्नु पर्दैन।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस !