CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )
जनीतिक विश्लेषक डा. सुरेन्द्र केसीले वर्तमान सरकारको ९ महिने कार्यकाल पूर्ण रुपमा असफल भएको दाबी गरेका छन् । कामको हिसाबले यो सरकार पूर्ण रुपमा असफल भइसक्यो ।
निर्वाचनका ताका जनतामा गरेका प्रतिबद्धता र वाचाहरु यो सरकारले अहिले पूर्ण रुपमा छोडिसक्यो, केसीले भने, हुन त मलाई त्यतिबेला पनि यिनीहरुले बोलेका कुरा कुनै हालतमा पुरा गर्छन् भन्ने विश्वास थिएन, अहिले त्यही भयो ।
सरकारले बोलेका कुराहरु केही पनि पूरा नगरेको उनले आरोप लगाएका छन् । खाल्डाखुल्डीहरु पुर्छु भन्नुभयो । तर, त्यो काम पूरा भएन ।
मन्त्रीहरुले ठेकेदारहरुलाई कारबाही गर्छौं भनेर ठूलो स्वरमा बोल्नुभयो । त्यसमा पनि केही भएन । सिण्डिकेट हटाउँछौं भन्नुभयो, आइतवार रिपोर्टर्स क्लब केसीले भने, तर, एकाधिकार अहिले पनि कायमै छ ।
सुन का,ण्डमा पनि त्यही हाल भयो । गृहमन्त्री बादलले त भ्रष्टाचारीको पाता कस्छु भन्नुभयो, तर, कारबाही केही भएन ।प्रचण्डले बोलाएर उनलाई गृहमन्त्री हुने कि सिंघम भनेपछि उहाँ चुप लाग्नुभयो ।
पूर्व प्रधानमन्त्री डा। बाबुराम भट्टराईलेसमेत यो सरकारले काम गर्न सकेन भनेर सैद्धान्तिक कुरा उठाएको उनले सुनाए ।अहिले हेर्नुहोस्, नियुक्ती प्रकरणले ओली अहिले आलोचित बनेका छन् ।
झलनाथ खनाल, माधव नेपालले पनि यो सरकारको आलोचना गरिरहेका छन्, केसीले अगाडि थपे, माधव नेपालले त हाउसभित्रै तमासा देखाउनुभयो ।
तर, पछि उहाँले ओलीको विकल्प छैन भन्नुभयो । प्रचण्डजीले त सरकारको ‘गियर’ बढाउनुपर्छ भन्नुभएको छ । ओली सरकारले कुनैपनि क्षेत्रमा आशातित नतिजा नदेखाएको उनको गम्भीर आरोप छ ।
ओलीले किन पश्चगामी शैलीमा काम गर्न थाल्नुभयो रु मैले बुझन सकेको छैन् । नाकाबन्दीका बेला उहाँले राष्ट्रिय अडान लिनुभयो ।
हामीले पनि उहाँलाई सफल नेताको रुपमा चित्रण गरेकै हो, केसीले भने, मैले त झनै सफल नेता र विकासको एसेट का रुपमा लिएको थिएँ । तर, मैमाथि त्यतिबेला प्रश्न खडा भयो ।
फरक प्रसंगमा उनले तुलनात्मक रुपमा ओलीभन्दा प्रचण्ड राम्रो र गतिशिल नेता भएको बताए ।
अहिलेका नेताहरुमा प्रचण्ड गतिशील छन् । तर, उनको त्यो गतिशीलता हाम्रो लागि प्रयोग भएन, केसीले भने, उनकै छोरी र बुहारीको लागि त्यो डाइनामिज्म लागू भयो ।
रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई reelmanduofficial@gmail.com मा पठाउनु होला।