माओवादी नेता बर्षमान पुन बिहानै प्रचण्ड निवासमा, के-के कुराकानी भयो?

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुन ‘अनन्त’ मंगलबार बिहानै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न प्रचण्डनिवास खुमलटार पुग्नु भएको छ ।

स्वास्थ्य उपचार गरेर स्वदेश फर्किएका नेता पुन पत्नी पूर्वसभामुख ओनसरी घर्तीमगरसहित खुमलटार पुग्नु भएको हो ।भेटमा अध्यक्ष प्रचण्डले नेता पुनको स्वास्थ्यबारे जानकारी लिंदै पूर्ण स्वास्थ्य लाभको कामना गर्नु भएको थियो ।

यसैगरी, नेता पुनले आफ्नो उपचारका लागि गरेको सहयोगप्रति प्रचण्डप्रति आभार प्रकट गर्नु भएको थियो । पुन स्वास्थ्य उपचार गरेर चीनबाट सोमबार बेलुकी काठमाडौं आइपुग्नु भएको थियो ।

लुम्बिनी प्रदेश सरकारको नेतृत्व फेर्ने कसरत सुरू – काठमाडौं । लुम्बिनी प्रदेशका सरकारको नेतृत्व फेर्ने गरी नेपाली कांग्रेसले आन्तरिक गृहकार्य थालेको छ ।

गठबन्धनको सरकारको नेतृत्व नेकपा माओवादीले गर्ने भएपछि दलबीच कांग्रेस र माओवादीले आठ–आठ महिना सरकारको नेतृत्व गर्ने समझदारी भएको थियो ।

आगामी फागुन १२ गते माओवादी नेता कुलप्रसाद के.सी. नेतृत्वको सरकारको आठ महिना पुग्दै छ । आलोपालो सहमतिअनुसार त्यसपछि कांग्रेसले प्रदेश सरकारको नेतृत्व लिनुपर्ने हुन्छ ।

सहमति कार्यान्वयन भए फागुनपछि कांग्रेस संसदीय दलका नेता वीरेन्द्र कनौडिया मुख्यमन्त्री बन्ने छन् । तर, मुख्यमन्त्री के.सी. भने सरकार फेरिँदा आलोचना बढ्ने भन्दै आलोपालो सहमति कार्यान्वयन नगर्ने पक्षमा रहेको बताइएको छ ।

कांग्रेस, माओवादी केन्द्र, जसपा, नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चा र एक स्वतन्त्र सांसदको गठबन्धनबाट के.सी. गत साउन २८ गते मुख्यमन्त्री नियुक्त हुनुभएको थियो ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस !