एमालेदेखि डरायो गठबन्धन : युवराज ज्ञवाली

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौं। नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले आफ्नो पार्टीसँग जित्न नसक्ने भएकाले सत्ता गठबन्धन स्थानीय तहको निर्वाचनमा जान डराइरहेको बताएका छन् ।

नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता ज्ञवालीले भने, “एमाले सबै खाले निर्वाचनका लागि तम्तयार छ । तर एमालेलाई जित्न सकिँदैन भन्ने मनोविज्ञानका कारण सत्ता गठबन्धन स्थानीय निर्वाचन गर्न डराइरहेको छ ।

नेपाली कांग्रेस पनि एमालेविरुद्ध एक्लै लड्न चाहिरहेको छैन । कुनै पनि दलले एमालेसँग एक्लै प्रतिस्पर्धा गर्न सक्दैनन् । पाँचै दल मिले पनि एमालेलाई जित्न सक्दैनन् ।”

विगतमा एमाले र माओवादी केन्द्र मिलेर आएको चुनावी परिणामका आधारमा हुने भोलि राष्ट्रिय सभाको निर्वाचनमा कमजोर भए पनि अबको निर्वाचनमा कमजोर नहुने उपाध्यक्ष ज्ञवालीको जिकिर छ ।

उनले थपे, “दलगत स्वार्थका कारण कुनै पनि चुनाव तलमाथि गर्न पाइँदैन । स्थानीय तहको निर्वाचन समयमा सम्पन्न गर्नुको विकल्प छैन । संविधानमा जे व्यवस्था छ, त्यही गर्नुपर्छ । कुन चुनाव अघि या कुन चुनाव पछि भन्ने प्रश्नै छैन । स्थानीय तहको निर्वाचन वैशाखको सेरोफेरोमा गर्नुपर्छ ।”

तीन तहको चुनाव एकैचोटि गर्नु बिलकुलै अव्यावहारिक हुने नेता ज्ञवालीको तर्क छ । उनले भने, “संसारमा यस्तो अभ्यास बिरलै होला ।

यहाँ अमूक दलको स्वार्थका आधारमा नाना थरी कुरा गरिँदैछ । तीन तहको चुनाव एकैचोटि गर्दा जनतालाई मतपत्र छुट्याउन कठिन हुन्छ । त्यसैले स्थानीय तहको निर्वाचन एकचोटि, प्रदेश र संघको चुनाव अर्कोचोटि गर्दा हुन्छ ।”

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस !