राष्ट्रिय सभाको निर्वाचनमा ओलीले चालेको एउटा कदमले झस्कियो गठबन्धन !

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौँ – सत्ता गठबन्धन र प्रतिपक्षी एमालेबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । प्रदेश १ मा हुने राष्ट्रिय सभाको निर्वाचन निकै रोचक प्रतिस्पर्धा हुने देखिएको हो ।

सत्ता गठबन्धन र प्रतिपक्षी एमालेबीच कडा प्रतिस्पर्धा हुने यो प्रदेशमा एक जना सांसद र पालिका प्रमुख र उपप्रमुखको भाऊ निकै बढेको छ ।

झिनो मतान्तरले सत्ता गठबन्धनको पक्षका उम्मेदवार बलियो देखिएपनि एमाले पनि कमजोर भने छैन । एमालेले प्रदेश १ मा राप्रपासँग तालमेल गर्न नसकेका कारण गठबन्धन बलियो देखिन पुगेको हो ।

अहिले सत्ता गठबन्धनसँग ४ हजार ६ सय १२ मतभार रहेको छ भने एमालेसँग ४ हजार ५ सय २४ मतभार रहेको छ ।उक्त प्रदेशमा राप्रपाको १२० मतभार रहेको छ ।

राप्रपालाई मिलाउन सकेको अवस्थामा एमालेले अझै पनि प्रदेश १ का आफ्ना उम्मेदवार जिताउन सक्ने संभावना रहेको छ ।त्यही जोखिममा लागेका एमालेले आफ्ना फरार सांसदलाई पनि भोट हाल्न ल्याउने तयारी गरेको छ ।

सरकारी छाप र दस्तखत कीर्ते गरेको अभियोगमा दोषी किटान भएपछि फरार रहेकी सांसद गुलेफुन खातुनलाई भोलिको निर्वाचनमा मतदान गराउने तयारी गरेको छ ।

त्यसका लागि एमालेले सांसद भीम आचार्य शेरधन राई नेताहरु देवराज घिमिरेलाई जिम्मा दिएको खबर छ । प्रदेश सांसदको ४८ मतभार हुन्छ । अहिलेको प्रतिस्पर्धात्मक अवस्थामा उक्त मतभार पनि निकै महत्वपूर्ण हुन्छ ।

त्यसैले एमाले जसरी पनि उनलाई मतदानमा ल्याउन चाहिरहेको छ ।अदालतले नै दोषी किटान गरेपछि फरार रहेकी खातुनलाई प्रहरीले खोजि गरिरहेको छ ।

एमालेले मतदानमा ल्याएमा खातुन पक्राउ पर्ने संभावना रहेको छ । त्यसैले खातुन आफै चाहिं के गर्छिन भन्ने खुलेको छैन् । फरार भएकै कारण गत वर्षको राष्ट्रिय सभा निर्वाचनमा पनि खातुनले मतदान गरेकी थिइनन् ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस !